मनमोहनको मेडिकल कलेज यस्तो झुट

रिमालको मिर्गौला अस्पतालमै रहेको पुष्टी

Manamohan hospital

काठमाडौं । लापरवाही गरेर एक विरामीको अप्रेसन गर्दा मिर्गौला झिकिएको आरोप खेपेको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विरामीको मिर्गाैला झिकिएको पुष्टि गरेको छ ।

तर, सो अस्पतालले पत्थरीको अप्रेसन गर्दा मिर्गाैलामा समस्या आएपछि परिवारकै सल्लाहमा मृगौला झिकिएको दावी गरेको छ ।

पत्थरीको अप्रेसन गर्न आएका नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएपछि परिवारले आपत्ति जनाएका थिए । त्यसपछि अस्पतालले परिवारसँग विभिन्न किसिमका ६ बुदे सहमति गर्ने प्रयास गरेको थियो । पत्थरीको प्रेसन गर्ने बहानामा अस्पतालले रिमालको मृगौला झिकेर बेचेको आरोपमा चौतर्फी आलोचना भएपछि सो अस्पतालले रिमालको मृगौला अस्पतालमै रहेको बताएको छ ।

सो अस्पतालका प्रशासक रामप्रसाद गजुरेलले विज्ञप्ति निकाल्दै पत्थरीको अपरेशन गर्ने क्रममा मिर्गौलाको शल्यक्रिया भएको भने साँचो भएको उल्लेख गरिएको तर, पत्थरीको शल्यक्रियाको क्रममा मिगौलाबाट रगत बगेर बिरामीको ज्यानै जान सक्ने खतरा रहेपछि परिवारकै सहमतिमा मृर्गौला झिकिएको उल्लेख गरेको छ ।

यस्तो छ अस्पतालको विज्ञप्ती

सो विज्ञतीमा ‘बिरामीको दुबै मिर्गौलामा पत्थरी भएकादे देब्रे मृर्गौलाको २ सेन्टिमिटर लम्बाईको पत्थरी निकाल्ने तयारी हुँदा परीक्षणबाट उक्त मिर्गौला सामान्य अवस्थामा भन्दा तल मुत्रथैलीको नजिकमा रहेको देखिँदा निज विरामीको सीटी स्क्यान र आईभीयु गरी स्वास्थ्य परीक्षण गरिएको थियो’, भनिएको छ ।

अस्पतालले बिरामीको झिकिएको मृर्गौला आफूसँग सुरक्षित रहेको उल्लेख गर्दै बिरामीका आफन्तहरुले अस्पताल प्रशासनसँग माग गरेअनुसार माग पूरा गरिदिएको दावी पनि गरिएको छ ।

एक वर्षअघि मात्रै वैदेशिक रोजगारीबाट फर्केका ३२ वर्षीय रिमाल गत जेठ २२ मा उपचारका लागि सो अस्पतालमा गएका थिए । तर, अस्पतालले पत्थरीको अप्रेसन गर्नुपर्ने बताएपछि उनको अप्रेसन गरिएको थियो । रिमालले शल्यक्रिया गर्दा चिकित्सकले मिर्गौला नै झिकिदिएको भन्दै रिमालले भने न्यायका लागि अपिल गरेका थिए ।

एमाले नेताकै लगानी

पूर्वप्रधानमन्त्री एवं एमाले नेता स्व. मनमोहन अधिकारीको नामबाट खोलिएको मनमोहन मेडिकल कलेज एमालेकै नेताहरुको स्वार्थमा खोलिएको मेडिकल कलेज हो । यस मेडिकल कलेजमा लगानी गर्नेमध्ये २५ जना एमाले सांसद छन् । एमाले नेता राजेन्द्र पाण्डे अध्यक्ष र अर्का सांसद वंशीधर यसका प्रमुख प्रवद्र्धक हुन् ।

यसको सहकारीमा एमाले नेता माधवकुमार नेपाल, भरतमोहन अधिकारी, केदारप्रसाद सञ्जेल, आनन्दप्रसाद पोखरेल,गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे,सोमनाथ पाण्डे, गौरीप्रसाद कोइराला, चुडामणी जंगली,आदित्य कसौधन, महेन्द्र पाण्डे, इच्छाराज तामाङ, हरि उप्रेती, श्रीमाया थकाली, पशुपति चौलागाईं, जनार्दन ढकाल, प्रकाश ज्वाला, केशव बडाल लगायतका नेताहरुको लगानी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...