लामो रेसको दौडमा धनकुटाका यी युवा

जसले हस्तीलाई हराएर जिल्लामा चर्चा कमाइरहेका छन्

Bikash & sandip

काठमाडौं । धनकुटालाई पहिले नेतै नेता भएको जिल्ला भनिन्थ्यो । हुन पनि हो । पूर्वप्रधानमन्त्रीहरु स्व. सूर्यबहादुर थापा, नगेन्द्रप्रसाद रिजालदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री सुनीलबहादुर थापासमेत धनकुटामै जन्मिए ।

जिल्लामा राजनीति गर्नेदेखि कला साहित्य क्षेत्रमा समेत नाम चलेकाहरु छन् । जसले धनकुटालाई चिनाइरहेका छन् । झमक घिमिरे, तुलसी दिवस, अशेष मल्ल जस्ता साहित्यकार यही जन्मिए ।

अहिले फेरि राजनीतिमा लामो रेसको राजनीति गर्न दुई युवा उदाएका छन् । जसले सबैलाई चकित पार्दै दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा आफ्नो जित पक्षमा पारेका छन् । ती युवा हुन् धनकुटा नगरपालिका वडा नं. ३ बाट निर्वाचित बिकास घिमिरे र वडा नं. ९ बाट निर्वाचित सन्दिप रायमाझी ।

यतिबेला धनकुटामा निर्वाचनको मत परिणामबारे विभिन्न चर्चा परिचर्चा भइरहेको छ । धनकुटाका ७ स्थानीय निकायमा एमालेले जितेको थियो । जिल्लामा यतिवेला हार र जितको समिक्षा पनि भइरहेका छन् । हार जितकै समिक्षाको कढीमा परेका छन् घिमिरेर र रायमाझी पनि । उनीहरुले जिल्लामा सबैलाई चकित पार्ने गरी मत पाएर जित हासिल गरेका कारण पनि उनीहरु यतिबेला चर्चाका पात्र बनेका छन् ।

यसकारण भरहेको छ उनीहरुको चर्चा

बिकास घिमिरे
धनकुटा ३ वडाअध्यक्ष
विकास घिमिरे धनकुटाका लागि नयाँ नाम नभए पनि राजनीतिका भने त्यति परिचित नाम होइन । तर, उनलाई स्थानीय निकायको दोस्रो चरणको निर्वाचनले रातारात राजनीतिक हिरो बनाइदिएको छ ।

कारण उनी विल्कुलै नयाँ पार्टीबाट उम्मेद्वार बनेर पनि विजयी भए । उनी धनकुटामा भर्खरै जन्मिएको नयाँ शक्ति पार्टीबाट निर्वाचनमा भाग लिएर वडा अध्यक्ष जित्न सफल भएका थिए ।

यस्तो छ राजनीतिक पृष्टभूमी
उनी २०६२/०६३ को जनआन्दोलनका बेला युवा जोस जाँगरका साथ राजनीतिमा होमिएका थिए । त्यसबेलादेखि माओवादी राजनीतिमा लागेका घिमिरे वाइसिएलको नगर संयोजक हुँदै ५ वर्ष जिल्ला सचिवसम्म भएका थिए । उनी केही समय त उपत्यकामा वाइसिएलको जिम्मेवार पदमा रहेर काम पनि गरेका थिए ।

राजनीति गर्दा गर्दै उनी व्यवसायमा होमिए । उनले आफैंले धनकुटामा मनि ट्रान्सफर सेवा सञ्चालन गरे । र हाल पनि त्यो कायम छ । उनले छोटो समयमै सफलता हात पारेपछि उनलाई आइएमइले उत्कृष्ठ घोषित ग¥यो । जसको फलस्वरुप उनी थाइल्याण्डसम्म पनि पुगे ।
तर, ०७१ म भने उनी माओवादी छाडेर नयाँ शक्तिमा लागेर आफ्नो राजनीतिलाई अगाडी बढाउन थालेका थिए । उनी हाल नयाँ शक्तिको जिल्ला सहसंयोजक छन् ।

उनले १४ असारमा सम्पन्न स्थानीय निकायको दोस्रो चरणको निर्वाचनमा धनकुटा नगरपालिका वडा नं. ३ बाट नयाँ शक्तिको तर्फबाट उम्मेद्वारी दिए । नयाँ पार्टी, नयाँ विचार । तर पाका उमेरका व्याक्तिसँग निर्वाचनमा सहभागि भएर जित्न त्यति सजिलो थिएन । त्यही भएर उनले कष्टकर जित हात पारे । उनले सो वडामा खसेको कुल १ हजार ३४ मतमध्ये आफ्नो पक्षमा २ सय ९३ मत पाउँदै विजयी भए । उनले एमालेका मुकुन्द भण्डारीलाई ३१ म्तले पराजित गरेका थिए ।

उनी नयाँ शक्ति पार्टीका उदयीमान नेता मात्रै होइनन्, स्थानीय तहमा पूर्वी नेपालमा नयाँ शक्तिको विउ रोप्ने उनी एक मात्र व्यक्ति बनेका छन् । निर्वाचनमा विजयी भएपछि उनलाई नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले फोन गरेर बधाई दिए । उनले भने, ‘नयाँ शक्तिका संयोजकले फोन गरे बधाई दिनुभयो, उहाँले सधैं सहयोग गर्ने बचन दिनु भएको छ ।’

सन्दिप रायमाझी (मनोज)
धनकुटा ९, वडाअध्यक्ष
धनकुटामा निर्वाचन जितेर त्यसरी नै चर्चा कमाउनेको सुचीमा पर्छन् सन्दिप रायमाझी पनि । जिल्लामा एमालेको लहर चलेको बेला उनले धनकुटा नगरपालिका वडा नं. ९ मा भारी मतान्तरले विजय हात पारे ।

उनको वडा अर्थात् धनकुटा नगरपालिका वडा नं. ९ मा उनले प्यानल मत ६ सय २९ ल्याए । जुन मत उनका सहकर्मीका भन्दा चौगुणा बढी हो । उनले आफ्नो वडामा ८ सय ३१ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अजित राईले ४ सय ९३ मत ल्याएका थिए ।

उनको पार्टीले पनि जिल्लामा खासै सफलता पाउन सकेन । तर पनि उनले आफ्ना सहकर्मीभन्दा धेरै मत ल्याएर पार्टीलाई उचो त बनाए नै, आफुले पनि वडाको प्रतिनिधित्व गर्ने अवसर पाए ।

यस्तो छ उनको विगत
सन्दिप बाल्यकालमा तत्कालीन जनमुक्ति सेनामा थिए । जसलाई बाल सेना पनि भनिन्थ्यो । माओवादीको जनयुद्ध चर्किदै गर्दा उनी सानो थिए । उमेरले १९ पुगेको भए पनि २०५९ सालतिर उनी सानो थिए ।

जुनबेला धनकुटामा तत्कालीन माओवादीको सशस्त्र युद्ध चर्किएको थियो, त्यही बेला उनी माओवादीका पोलिटब्यूरो सदस्य हेमराज भण्डारी उर्फ सुदर्शनको पछि लाग्दै माओवादीमा लागेका थिए । उनी माओवादीको लिम्बुवान राज्य समितिको सदस्य समेत भएका थिए । उनी हाल माओवादीको केन्द्रिय महाधिवेसन आयोजक समितिको सदस्य हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...