एक व्यापारीको सायल गाउँपालिकाका प्रतिनिधिलाई सुझाव

चुनावी नारा पूरा गर, जनताका समस्या सुन

Achham

सुन्दर सुदुरपश्चिमअन्तर्गत डोटीको उदगम् स्थल हो सायल गाउँपालिका । आदर्श, पुर्वी चौकी गाउँपालिका र दिसि नगरपालिका र खप्तड राष्ट्रिय निकुञ्जको नजिकै रहेको भए पनि विकासको दृष्टिकोणले अझैं निकै पछाडि परेको देखिन्छ । उता बझाङको सीमानाले समेत छोएकोले पनि डोटीको सुदरमुकाम सिलगढिबाट धेरै टाढाको छ । रेडियो नेपाल बाहेक अरु संचारमाध्यमको आवाज पुग्न सकेको छैन । पत्रपत्रिकाको कुरै नगरौं, भुगोलको हिसाबले विभिन्न गाउँपालिका र नगरपालिका साथै खप्तडले समेत छोए पनि विकास अझैं अपुग छ ।

खप्तडमै विकास सकिन्छ भने खप्तड वरपर पुग्ने कुरै भएन । परम्परा उहीँ कायमै छ बजेट सकिन्छ । तर विकास सकिँदैन । दिपायलदेखि सायल गाउँपालिका पुग्न ज्यानको बाजी राखेर हिड्नु दैनिकी बनेको छ । वर्षा लागेको छ, चुनाव सकिएको छ । मान्छेलाई कामको चटारोसँगै अविरल पानी परे अर्को चिन्ता थपिन्छ ।

अधिकांस महिलाको अर्को मुख्य चिन्ता भनेकै मदिरा नियन्त्रण भइदिएको छ । चुनावमा रोपाई छोडेर घर दैलोमा सरकार पाउने उदेश्यले जनता उत्साहित भई सहभागी बनेका थिए । त्यसबाट पनि धेरै विकास हुने, विकृति रोकिने र सिंह दरबारको अधिकार पाउनेमा विश्वास लिएका छन् । तुलनात्मक रुपले गाविसको चुनावभन्दा भिन्नै अझ भन्नु पर्दा संसदीय चुनावको झल्को दिने खालको चुनावले महिना दिन गाउँघरमा रौनक नै बेग्लाबेग्लै देखिए । सायलमा अकल्पनीय घटना देखिएनन् । जुन सुखद कुरा हो । लगभग सौहार्द वातावरणमा स्थानीय तहको चुनावी महोत्सव सम्पन्न भएकोले नव निर्वाचित हाम्रा स्थानीय जनसरकारबाट विकासको ठूलो भरोषा गरेका छन् ।

हो त्यो ठाउँमा ठूला अस्पताल छैन । राम्रो प्राविधिक शिक्षालय छैन, पानी भए पनि सिचाइँ सुविधा छैन । सायल पर्यटन विकास समिति गठन हुन सकेको छैन । अझै पनि बाढी पीडितले उचित राहत तथा पुर्नवास पाएका छैनन् । सबै ठाउँमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुगेको छैन । शाखा सडक पूरा भएका छैनन् ।

मेल्लेकमा भ्यु टावर स्थापना हुन सकेको छैन । उच्चस्तरीय पिकनिक स्पोट निर्माण कार्य हुन सकेको छैन । प्रवेशद्वार तयार भएको छैन । अशुद्धालादेखि भेल्छडा झर्नासम्म पुग्ने घोरेटो बाटो छैन । सायलीगाढमा नयाँ जातका माछापालन तथा जालहरु लाई लाईसेन्स दिने व्यवस्था हुन सकेको छैन । छपालिदेखि शिर्मा–डुमरी, डुमरीदेखि देवारमाडौ सडक र यता मेल्लेकदेखि सिलगढि सडक निर्माण कार्य छिटोछिटो हुन सकेका छैन । अरु अपुरा सडकको उहीँ अवस्था कायमै छन् ।

अहिले २० वर्षपछि जनप्रतिनिधिहरु आइसकेका छन् । यस्तो अवस्थामा उनीहरुले जनताका अत्यावश्यक सेवा सुविधाबाहेक यी माथीका काम पनि अनिवार्य रुपमा गर्नै पर्ने अवस्था आएको छ । किनभने त्यसै पनि अछाम जिल्लाको विकास हुनसकिरहेको छैन । यस्तो अवस्थामा उनीहरुको दायीत्व ठूलो छ । उनीहरुले आफ्नो दायीत्व पूरा गर्न सके भने मात्र स्थानीय सरकार बनेको महसुस गर्न सकिएला । नत्र जुन जोगी आए पनि कानै चिरेको भने जस्तो हुनसक्छ ।

लेखक व्यवसायी हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...