यस्तो छ बाँन्नीगढी गाउँपालिकाका जनप्रतिनिधीका १० योजना

टोलटोलमा विजुली, टोलटोलमा बाटो

Achham

अछाम । अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधीले पदभार ग्रहण गरेसँगै गाउँपालिकाको विकासका लागि विभिन्न योजनाहरु सार्वजनिक गरेका छन् ।

गाउँपालिकाका नव निर्वाचित अध्यक्ष राजेन्द्र खड्का र उपाध्यक्ष लोकेन्द्र साउदले गाउँपालिकालाई समुन्नत गाउँपालिका बनाउन संयुक्त रुपमा १० बुदे प्रतिबद्धता जारी गरेका छन् ।

बुधवार पदभार ग्रहण गरेसँगै गाउँपालिकामा खानेपानीको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिएको छ । उनीहरुको घोषणापत्रमा आगामी आर्थिक वर्षभित्र गाउँपालिकामा आधारभूत खानेपानीको सुनिश्तिता गर्ने, ३ वर्षभित्र सबै घरघरमा खानेपानीको धारा पु¥याउने, जयगढबाट कालिका– दर्ना हुदै रामारोशन जोड्ने सडक आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने र २ वर्षभित्रै कालोपत्रे गर्ने उल्लेख गरिएको छ ।

यस्तै गाँउपालिकाभित्रका सबै टोल टोलमा विद्युत सेवा पु¥याउन राष्ट्रिय प्रसारण लाईन जोड्न पहल गर्ने, छिपेखोला र कैलास खोलामा लघु जलविद्युतको सम्भाव्यता अध्ययन गरी ३ वर्षभित्र १ मेघावाट विद्युत लघु जलविद्युतबाटै उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरुले जयगढ बजारको फोहोर व्यवस्थापन गर्न उचित ठाउँमा डम्पिङ साईट बनाउने, २ वर्षभित्रै गाउँपालिकाको विषयगत कार्यालय रहनेगरी भवन निर्माण गर्ने, आगामी आर्थिक वर्षभित्र वडा नम्वर ४ र वडा नम्वर ६ को वडा कार्यालय स्थापना गर्ने, भएका ठाउँमा मर्मत गर्ने, गाउँपालिकामा बस्ती विकास मापदण्ड लागु गर्ने, जयगढ बजारलाई व्यवस्थित बनाउने र आगामी शैक्षिक शत्रबाट गाउँपालिकाभित्रका सामुदायीक विद्यालयमा पनि अंग्रेजी माध्यमवाट पढाई सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...