धरानमा कहिले हुन्छ मतगणना ?

निर्वाचन अधिकृतको गद्धारीपनले धरानमा विवाद बढ्दै

Dharan mat ganana

धरान । पहिलो चरणको निर्वाचनमा भरतपुर १९ मा मत गणना भइरहेका बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि अवरुद्ध भएको मतगणना सुरु भएको छ । यो एउटा लज्जास्पद घटना थियो । अहिले त्योभन्दा पनि झन लज्जास्पद विषय भएको छ धरान उपमहानगरपालिकाको ।

भरतपुर र धरानको निर्वाचन अवस्था अलिक फरक छ । भरतपुरमा माओवादीले हार्ने अवस्था आएको भन्दै मतपत्र च्यातिएको थियो । तर, धरानमा चाँही निर्वाचनमा संलग्न अधिकारीले नै गद्धार गरेपछि सोमबार साँझदेखि अझै मत गणना सुरु हुनसकिरहेको छैन ।

धरान उपमहानगरपालिको मतगणना कार्य अवरुद्ध भएको ३४ घन्टा बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । सोमबार राती ९ बजेतिर धरानका सहायकसहायक मतदान अधिकृत गणेशप्रसाद खतिवडाले अर्काे पार्टीको मत अर्कैलाई जोडेर सार्वजनिक गरेपछि धरानमा विवाद भएको थियो ।

पुनः मतगणना गर्न प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीसहितले पहल गरे पनि स्थानीय राजनीतिक दलहरुले सहायक निर्वाचन अधिकृतको राजीनामा माग्दै मतगणना अवरुद्ध बनाइरहेका छन् ।

सोमबार राती धरान वडा नं ९ को मतगणना सकेर घोषणा गर्नुअघि रुजु गर्ने क्रममा संघीय समाजवादी फोरमका उपमेयर उम्मेदवारको मत नेकपा मालेको उम्मेदवारलाई जोडेको सार्वजनिक भएको थियो । सोसँगै विवाद उत्पन्न भएपछि अहिलेसम्म धरानको मतगणना सुचारु हुन सकिरहेको छैन ।

सहयक निर्वाचन अधिकृत खतिवडाले धरान १५ माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाको मत एमालेका तारा सुब्बाको मतमा जोडेका थिए । पछि माओवादीका प्रतिनिधिले असहमती जनाएपछि गल्ती भयो भन्दै खतिवडाले माफी मागेका थिए । तर पुनः मतगणना समूह ‘ग’ का आयोगका कर्मचारी मानबहादुर कार्की र समूह ‘ङ’का धनबहादुर राईले खुलेआम ९३ मत एमालेमा गाभेपछि मतगणा स्थलमा एमालेको दादागिरी भएको भन्दै माओवादी सहितका अन्य दलले मतगणना स्थगनको माग गरेका थिए ।

धरानमा अवरुद्ध मतगणना सुचारु गर्न आज पनि विभिन्न राजनीतिक दल र प्रमुख जिल्ला अधिकारीसहितको बैठक बस्दैछ । सो बैठकले पुनः मतगणना गर्ने एमालेले अपेक्षा गरेको छ । तर, सबै वडाबाट पुनः मतगणना गर्नुपर्ने माओवादी, संघीय समाजवादी फोरम, नेपाली कांग्रेसलगायतका दलहरुले माग गरिरहेका कारण धरानमा थप समस्या उत्पन्न हुनसक्ने आशंका गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...