सप्तरीका दर्जनौँ गाउँका १५ सय घर डुवानमा

Baddhi

राजविराज । केही दिनदेखि परेको अविरल वर्षा कारण आएको बाढीले सप्तरीका दर्जनौँ गाउँ जलमग्न भएका छन् भने १ हजार ५ सय भन्दा बढी घर डुवानमा परेका छन् ।

सप्तरीका विभिन्न खोलामा आएको वाढीले कंचनरुप नगरपालिका, तिरहुत गाउँपालिका, रुपनी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, कृष्णासवरण गाउँपालिका लगायतका गाउँका एक हजार ५ सय भन्दा बढी घर डुबानमा परेका हुन् ।

लगातारको वर्षाले आएको बाढीले धानबाली समेत बगाएको छ । खाँडो खोलाको बाढीले रुपनी गाउँपालिकाको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रसमेत जलमग्न भएको छ । औद्योगिक क्षेत्रको पर्खाल भत्काएर बाढी भित्र पसेको स्थानीयले जनाएका छन् ।

सप्तरीकै सुन्दरी खोलाको बाँध भत्किएर लोहजारस्थित दर्जन भन्दा बढी घरसमेत डुबानमा परेको छ । तिलाठी कोइलाडी गाउँपालिको तिलाठी पनि खाँडो खोलाको बाढीले जलमग्न भएको प्रहरीले जनाएको छ ।

महुली खोलामा आएको बाढीले गर्दा पोर्ताहा ४, ६, ७, र ८ का करिब ३ सय भन्दा बढी घर डुबानमा पर्न जोखिम परेको छ ।

प्रतिकृया दिनुहोस