धरान उपमहानगरमा कर्मचारीले देखाए ताण्डप नृत्य

सहायक मतदान अधिकृत गणेशप्रसाद खतिवडाको राजीनामा माग्दै प्रदर्शन

Dharan protest

धरान । निर्वाचन आयोगकै पदाधिकारीले बदमासी गरेपछि धरान उपमहानगरपालिकाको मतगणना अझै सुचारु हुन सकिरहेको छैन ।

एउटा उम्मेदवारको मत अर्को पार्टीको उम्मेदवारलाई जोडेको सार्वजनिक भएपछि माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले विरोध गरेका हुन् । मतगणनामा लापरबाही भएपछि माओवादी केन्द्र र समाजवादी फोरमसहित ९ दलीय गठबन्धनका कार्यकर्ताहरुले मतगणनास्थल धरान सभागृहमा नाराबाजी समेत गरेका छन् ।

सोमबार राती धरान वडा नं ९ को मतगणना सकेर घोषणा गर्नुअघि रुजु गर्ने क्रममा संघीय समाजवादी फोरमका उपमेयर उम्मेदवारको मत नेकपा मालेको उम्मेदवारलाई जोडेको सार्वजनिक भएको थियो । सोसँगै विवाद उत्पन्न भएपछि अहिलेसम्म धरानको मतगणना सुचारु हुन सकिरहेको छैन ।

मतगणनामा देखिएको विवाद मिलाउन बिहान प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली धरान आएका थिए । उनले स्थानीय राजनीतिक दलहरुसँग छलफल गरेका थिए । तर, अझै सो विवाद साम्य हुन सकेको छैन ।

पराजुलीले धरानका सहायकसहायक मतदान अधिकृत गणेशप्रसाद खतिवडालाई पुनः मतगणना गर्न निर्देशन दिएका थिए । तर, खतिवडाले अस्वीकार गरेपछि अझै मतगण्नाा हुन सकिरहेको छैन ।

खतिवडाले धरान १५ माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाको मत एमालेका तारा सुब्बाको मतमा जोडेका थिए । पछि माओवादीका प्रतिनिधिले असहमती जनाएपछि गल्ती भयो भन्दै खतिवडाले माफी मागेका थिए । तर पुनः मतगणना समूह ‘ग’ का आयोगका कर्मचारी मानबहादुर कार्की र समूह ‘ङ’का धनबहादुर राईले खुलेआम ९३ मत एमालेमा गाभेपछि मतगणा स्थलमा एमालेको दादागिरी भएको भन्दै माओवादी सहितका अन्य दलले मतगणना स्थगनको माग गरेका थिए ।

माओवादी केन्द्रबाट मेयरका उम्मेवार अइन्द्र विक्रम बेघाले आफुलाई प्राप्त भएको मत समेत आयोगका कर्मचारी र अधिकृतको समेत योजनामा धाँधली गर्न थालेपछि आन्दोलनमा जानुपर्ने अवस्था आएको बताउँछन् ।

कर्मचारीकै यस्तो हर्कत
निर्वाचन अधिकृतको काम भनेको मतदान गराउने र जनताले कसलाई कति मत दिए भनेर उल्लेख गरिदिने हो । तर, यहाँ निर्वाचन अधिकृत भने आफुले समर्थन गर्ने पार्टीलाई जिताउन अर्काे पार्टीको मत पनि विगार्ने मात्रै होइन, आफ्नो पार्टीको नाममा जोड्न थालेपछि कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ ।

यस्तो हुँदा जनताको मतले सही उम्मेद्वार विजयी हुँदैनन् कि भन्ने आशंकालाई धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशाकीय अधिकृत खतिवडा पुष्टि गरिदिएका छन् ।

उनी नेकपा एमाले समर्पित कर्मचारी हुन् । उनले मतदान केन्द्रमा समेत अन्य पार्टीका भोटरलाई एमालेमा भोट हान्नु भनेर धम्क्याएको आरोप स्थानीय राजनीतिक दलहरुले लगाएका छन् ।

उनकै कारण यसअघि मतगणना सम्पन्न भई विजेता घोषित भएका वडाहरुमा समेत निष्पक्ष नभएको भन्दै आन्दोलनकारीहरुले पुनः मत गणना हुनुपर्ने बताउन थालेका छन् ।

को हुन् खतिवडा ?
देख्नेका लागि उनी धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशाषकीय अधिकृत हुन् । तर, उनको परिचय यतिमै सीमित छैन । उनी व्यक्तिवादी र भ्रष्टचारी समेत हुन् ।

उनले केही समयअघि नाता प्रमाणित गर्न आउने धरान ८ का महिलालाई ५० हजार रुपैया घुस मागेका थिए । त्यसको विरोधमा उनलाई स्थानीय महिलाहरुले कुटपिट समेत गरेका थिए । सधैं एमालेसँगको सम्बन्धका कारण सधैं पहुँचमा रहने खतिवडाले ती महिलाहरुलाई एक महिनासम्म थुनाएका थिए ।

उनी जुन कामका लागि पनि घुस माग्ने गर्थे । त्यही भएर पनि अहिले विभिन्न राजनीतिक दलहरुले उनको सम्पत्ति छानविन गर्न माग गरिररहेका छन् । त्यसमा पनि चुनावमा जनताले दिएको मतलाई समेत गद्धार गर्न थालेपछि स्थानीय राजनीतिक दल निकै रुष्ट बनेका छन् ।

किन एमाले मौन ?
खतिवडा एमालेका खाटी कार्यकर्ता हुन् । त्यही भएर पनि उनले एमालेलाई जिताउन विभिन्न हर्कत गरेको माओवादीले आरोप लगाएको छ ।

उनले मत गणनामा यस्तो हर्कत गरेपछि राजनीतिक दलहरुले विरोध जनाएका छन् । तर, अहिलेसम्म पनि एमालेले यस विषयमा केही बोलेको छैन । एमालेले पुनः मतगणना वा के भन्ने कुनै निर्णय दिन सकिरहेको छैन ।

कर्मचारी तथा प्रशासनमा राम्रो पकड बनाएको एमालेले धाँदली गर्दै मतगणना स्थलमा पुरै एमालेमय बनाएको र उसले अन्य पार्टीको चुनान चिन्हमा आएको मत समेत एमालेको भन्दै जोड्न थालेपछि मतगणनामा पार्टी प्रतिनिधिका रुपमा रहेका काँग्रेस, माओवादी, संघीय समाजवादी लगायतका दलका प्रतिनिधिहरुले मतगणनामा धाँदली भएको भन्दै छानविनको माग गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...