चौथो स्थानका लागि गच्छदार र उपेन्द्रबीच टक्कर

Upendra bijay gachhadar

काठमाडौँ । दोस्रो चरणको चुनावी परिणमा अन्तिम चरणमा पुग्नै लाग्दा एमाले र नेपाली कांग्रेसबीच पहिलो स्थानका लागि कडा प्रतिस्पर्धा चलिरहेको छ । माओवादी केन्द्र तेस्रो स्थान हुने निश्चित भैसकेको छ ।

अब प्रतिस्पर्धा चौथो स्थानमा को रहने भन्ने देखिन्छ। राप्रपा स्थानीय तहको चुनावमा चौथो शक्ति नहुने देखिएको छ । राप्रपाले अहिलेसम्म १ स्थानमा मात्रै जितेको छ भने अन्य २ ठाँउमा मात्रै अग्रता छ ।

अब चौथो शक्तिको लागि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजयकुमार गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकबीच चौथो स्थानका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।

अहिलेसम्म संघीय फोरमले ६ स्थानीय तह जितेर चौथो स्थानमा छ। फोरमले कपिलबस्तुको मायादेवी गाउँपालिका, रुपन्देहीका रोहिणी, मर्चवारी र गैडहवा गाउँपालिका, बाँकेका नरैनापुर गाउँपालिका, सुनसरीको भोक्राहा गाउँपालिका जितेको छ ।

त्यस्तै फोरमले रुपन्देहीका ३ स्थानीय तहमा अग्रता लिइरहेको छ । बाँकेको एउटा स्थानीय तहमा फोरम पनि प्रतिस्पर्धामा छ ।
उता गच्छेदारको फोरम लोकतान्त्रिकले ४ स्थानीय तह जितेर पाँचौ स्थानमा छ ।

फोरम लोकतान्त्रिकले सुनसरीको बर्जु गाउँपालकिा र दुहवी नगरपालिका जितेको छ । त्यस्तै नवलपरासीको सरावल र कैलालीको जानकी गाउँपालिका पनि जितेको छ ।

फोरम लोकतान्त्रिक कैलालीको एउटा, स्थानीय तहमा अग्रता लिइरहेका छ । त्यस्तै सुनसरी र मोरङका दुई स्थानीय तहमा अग्रता लिइरहेको छ । अग्रता लिएका ठाउँमा गच्छेदारको पार्टीले जित्न सकेमा उपेन्द्रको पार्टीले टक्कर दिने सम्भावना छन् ।

प्रतिकृया दिनुहोस