२०३ स्थानीय तहको मतपरिणाम सार्वजनिक ९१ स्थानीय तहमा एमालेको जीत

Mat parinam

काठमाडौेँ । असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । ३ प्रदेशका ३ सय ३४ स्थानीय तहमा भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो विवरण अनुसार २ सय ३ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।

जस अनुसार नेकपा एमालेले ९१ स्थानीय तहमा जीत निकाल्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ७६ स्थानीय तहमा जित निकालेको छ । यस्तै माओवादी केन्द्रले २८ स्थानीय तहमा जीत निकालेको छ ।

राष्ट्रिय जनमोर्चाले दुई स्थानीय तहमा जित निकाल्दा फोरम नेपाल र समाजवादी फोरमले एक एक स्थानीय तहमा जित निकालेका छन् ।

दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले अग्रता बनाइरहेको छ । ३ सय ३४ स्थानीय तहमा भएको निर्वाचनमाको मतगणना जारी छ ।
पछिल्लो परिणाम अनुसार एमाले पहिलो स्थानमा रहेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । माओवादी केन्द्रले तेस्रो

स्थानमा रहँदा राष्ट्रिय जनामोर्चा तेस्रो स्थानमा छ । त्यस्तै संघीय समाजवादी फोरम र फोरम नेपालले एक एक स्थानीय तह जितेका छन् ।

प्रतिकृया दिनुहोस