यी हुन् अपांग तर, सीपकी धनी जुना

Juna 1

काठमाडौं । कल्कलाउँदो उमेरमा सल्लेपीरको पातसँग खेल्न कसलाई रहर हुन्छ र ? सबैका आफ्नै रहर हुन्छन् । जति रहर हुन्छन्, त्यति नै बाध्यता पनि हुन्छ ।

रहरै रहरमा कतिपय मान्छे सफल हुन्छन् । कतिपय फस्छन् । रहरले कसैलाई चिनाउँछ । रहरले कसैको जीवन परिवर्तन गरिदिन्छ ।

जंगलमा हुने बोट विरुवामध्ये सल्लालाई सबैले हेला गर्छन् । सल्लाको सुसाईले कतिको मन बराल्ने गर्छ । धनकुटा पाख्रिबासकी जुनाको त्यही सल्लाको सुसाईले मन तान्यो । अहिले सल्लेपीरसँगै रिमाउँछिन् ।

त्यो चिप्लिने सल्लेपीरलाई सजावतका रुपमा राख्न सकिन्छ भनेर कसले सोचेको हुन्छ ? उनले जंगलमा त्यसै खेर गइरहेको सल्लाका पातलाई घरका चोटीमा होइन, बेडसँगै राख्ने गर्छिन् र अरुलाई पनि राख्ने बनाएकी छन् ।

सीप भए न अपाङ्ग भएको महसुस हुन्छ, न त आफुँ बाच्न अरुको सहारा नै लिनुपर्छ । यसैको उदाहरण हुन् जुन घिमिरे । सीप नभएका सपांग भन्दा सीप भएकी जुना कयौंका लािग प्रेरणाको पात्र बनेकी छन् । शारिरीक रुपमा अपांगता भए पनि उनलाई सीपले सपांगझै बनाएको छ । त्यही भएर आज उनलाई विभिन्न संघ संस्थाले सम्मान गरिरहेका छन् । उत्कृष्ट उद्यमी बनाइरहेका छन् ।

खुट्टासम्बन्धि अपांगता भएकी जुनाले १४ वर्षदेखि सल्लाको मसिनो पात (सल्लेपीर) बाट विभिन्न किसिमका सजावटका सामाग्री बनाएर मनग्य आम्दानी गर्दै आइरहेकी छन् । सल्लेपीर कै सामान बनाएर उनी देशकै उत्कृष्ट उद्यमी पनि बनाएको छ ।

उनलाई उद्योग मन्त्रालयले यही असार ३० गते मात्रै पनि उत्कृष्ट महिला उद्यमीको सम्मान ग¥यो । मन्त्रालयका सहसचिव प्रदिपकुमार कोइराला संयोजक रहेको उत्कृष्ट महिला उद्यमी छनौट सिफारिस समितिको छनौटमा उनी उत्कृष्ट उद्यमीका रुपमा सम्मानित भइन् । यो उनको ठूलो सफलता हो ।

उनलाई पछिल्लो चरणमा विभिन्न उद्योगसम्बन्धी संघ संस्था र सरकारी कार्यालयहरुले वर्षेनी सम्मान गर्ने गरेका छन् । उनलाई जिल्ला बिकास समिति धनकुटाले २०६९ मा हस्तकला उद्योगतर्फ जिल्ला कै उत्कृष्ट उद्यमीको रुपमा समेत पुरस्कृत गरेको थियो । त्यसयता उनी राष्ट्रिय औद्योगिक प्रर्दशनीहरुमा समेत उत्कृष्ट उद्यमी भनेर पुरस्कृत गरिने गरिएको छ ।

यसरी सुरु गरिन् काम
जुना सानै उमेरदेखि अपांग भने होइन् । १० वर्षको उमेरमा देब्रे खुट्टामा समस्या आएपछि उनी शारिरीक रुपमा अपांगता भएकी हुन् । तर, उनले २०६० सालमा अपांग सेवा संघ धनकुटाले सल्लेपीरको सामाग्री बनाउने सीपमूलक तालिम दिएपछि उनलाई सीपप्रति मोह बढ्दै गएको थियो ।

‘सल्लेपीरको सामान बनाउँदा सजिलो पनि हुने भएकाले यसैलाई निरन्तरता दिए’ उनले भनिन्, ‘नियमित रुपमा सल्लेपीरकै काम गरिरहँदा मलाई सफल उद्यमी पनि यसैले बनाएको छ ।’ उनले धनकुटा नगरपालिका वडा नं. ३ कचिडेस्थित सल्लेरी बन नजिकै डेरा लिएर पनि सल्लेपीरबाट सजावटका सामाग्री बनाउँदै आएकी छन् ।

घरेलु तथा साना उद्योगले धनकुटाको पाख्रिबासमा संचालन गरेको हस्तकला तालिममा सहभागी बन्दा उनलाई सुरुमा त यसरी उद्यमी बन्छुु भन्ने नै लागेको थिएन । त्यसबेला साथीसंगीले गरेको तुच्छ व्यवहारले नै उनलाई आज सफल व्यवसायी बनाएको छ । उनले अपांगता भए पनि सल्लेपीरबाट सजावटका सामाग्री बनाउने उद्योग नै चलाएकी छन् ।

उनले अहिले सल्लेपीरबाट विभिन्न प्रकारका सजावटका सामाग्री बनाउँछिन् । त्यति मात्रै उनले विभिन्न जिल्लामा पुगेर अरुलाई पनि उद्यमी बनाएकी छन् । धेरैलाई उद्यमी बन्न प्रेरणा दिएकी छन् ।

उनले अहिले ८० रुपैंयादेखि१ हजार ५ सय रुपैयाँसम्म पर्ने सल्लाको पातबाट टि–म्याट, गमला, घैला, करुवा, ठेकी, पिजंडा, तोङ्वा, घडी फुलदानी जस्ता दजनौ सजावटका सामाग्री बनाउँछिन् । उनले आफ्ना ति सजावतका सामाग्री धनकुटा, धरान, इटहरी, विराटनगर, चितवन, काठमाडौं लगायत देशका विभिन्न ठाउँसम्म लगेर बेच्ने गरेकी छन् ।

कर्ममा जे छ, त्यही हुन्छ
उनी जन्मदै अपांग बनेकी होइनन् । तर, कर्मले उनलाई अपांग बनायो । १० वर्षको उमेरसम्म उनी अरु जस्तै सपांग थिइन् । तर, एक दिन यस्तो दिन आयो, त्यही दिनले उनलाई अपांग बनाइदियो ।

२०४३ माघ २० मा जन्मिएकी जुना १० वर्षको उमेरदेखि अपांग बनिन् । उनी ५ कक्षामा पद्दै गर्दा विद्यालयमै लडेकी थिइन् । त्यसबेला चोट नदेखिए पनि उनलाई विस्तारै विना चोटक घाउँ बढ्दै गएपछि उनको देव्रे खुट्टामा समस्या आयो ।

सुरुमा गाउँले ओखती र धामीझाँक्री लगाएर ठीक हुँदै थियो । तर, विस्तार बिस्तारै अदृष्य घाउ दुख्न नछाडेपछि उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचार गरिएको थियो । हड्डी कुहुने जस्तो डर लाग्दो र खर्चिलो रोगले ग्रसित भइन् उनी । लामो समयसम्म उनको खुट्टाको उपचार गराइरहनुपर्ने बाध्यता आयो । उमेर बढ्दै जादा दाइने खुट्टा पनिबढ्यो । तर, देव्रे खुट्टामा उस्तै समस्या आयो ।

जेजस्तो भए पनि उनी वैशाखीको साहरा लिन बाध्य भइन् । तर जीवन भरि अपांग भइन् । उनको कम्मरको हड्डी निकालेर नली खुट्टामा लगाइको छ । उनको देब्रे खुट्टा छोटो छ । तर, उनलाई सीपले अग्लो कदको बनाइदिएको छ ।

तस्विरमा जुना घिमिरे

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...