प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ ः प्रधानमन्त्री

Sher bahadur deuba 4

भीमदत्तनगर, । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताए ।

नेपाल प्रेस युनियन कञ्चनपुरले शनिबार भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने छ ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा एमाले सहितसँग छलफल गरी संविधान संशोधन गरिने जानकारी दिए । मधेसीले केही माग राखेका छन् । प्रधानमन्त्री देउवाले भने । दुई तिहाइ नपुगी संविधान संशोधन हुन सक्दैन संविधान संशोधन नभए पनि आन्दोलनरत पक्ष स्थानीय तहको निर्वाचनमा भाग हुनेमा आफू आशावादी रहेको उनले बताए ।

उनले पञ्चेश्वर परियोजना बनाएर छाड्ने बताउँदै भने अपर कर्णाली र पश्चिमसेती बन्ने भइसके । पञ्चेश्वरको पनि डिपिआर तयार गरेर कामलाई अघि बढाउनेछु ।” महाकाली नदीको चार लेनको पुल निर्माण चाँडै सुरु हुने जानकारी गराए ।

नेपाली काँग्रेसले आयोजना गरिरहेका चुनावी सभालाई सम्बोधन गर्दै रहनुभएका काँग्रेस सभापति देउवाले शनिबारकञ्चनपुरका बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा पनि सम्बोधन गर्ने तथा कञ्चनपुरपछि उनको शनिबार नै गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम तय भएको छ ।

प्रतिकृया दिनुहोस