एमालेमा आफ्नै पार्टी भित्र टिकट बेच्ने

पैसा माग्नेलाई कारबाही हुने ः महासचिव ईश्वर पोखरेल

Maha sachib pokhrel

काठमाडौ । काठमाडौँमा एमालेले आफ्नै पार्टी कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न टिकट बेच्ने नेतामाथि कारबाही हुने जनाएको छ ।

महासचिव ईश्वर पोखरेलले आफ्नै पार्टीका उम्मेदवारसँग पैसा माग्नेलाई कारबाही गरिने बताए । मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नका लागि पार्टीका नेताले २१ लाख मागेको भन्दै एमालेका पाका नेता भेषराज काफ्लेले बिहीबार मात्र पार्टी परित्यागको घोषणा गरेका थिए ।

उनले १ नम्बर प्रदेश संयोजक भीम आचार्यसहितका नेताले आफूसँग उम्मेदवार बन्न पैसा मागेको आरोप लगाएका छन् । ‘उम्मेदवारसँग पैसा माग्ने नेतामाथि कारबाही हुन्छ ।’

चुनावी प्रचारका क्रममा विराटनगर पुगेका पोखरेलले प्रेस चौतारी मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा भने । पोखरेलले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी उम्मेदवारलाई ५ वर्षसम्म साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिने चेतावनी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन

Uml dkt 10

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...