मोरङमा चुनावी प्रचारप्रसार तीव्र

Morang

विराटनगर । निर्वाचनको  मिति नजकिँदै जाँदा उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

मोरङको १ महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका गरी १७ वटा स्थानीय तहका विभिन्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले आ–आफ्ना कार्यकर्ताका साथ चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन् ।

प्रत्येक उम्मेदवारले विकास निर्माण, सरसफाइ, नगर तथा गाउँलाई हराभरा बनाउने, जनताको काम छिटो छरितो गर्नेलगायतका नारा दिएर मतदातालाई आकर्षित पार्न घरदैलो, चुनावीसभा, कोणसभालगायतका कार्यमा जुटेका छन् ।

विराटनगर महानगरपालिकामा चुनावी सभा, ¥यालीका साथै घरदैलो कार्यक्रममा सक्रिय विभिन्न राजनीतिक दलले आ–आफ्ना योजनाका साथ मतदाताको मन जित्न लागिपरेका छन् ।

महानगरपालिको निर्वाचनमा नेपाली काँग्रेस र राप्रपा एकल रुपमा निर्वाचनमा सहभागी भएका छन् भने प्रमुख र उपप्रमुख पदका लागि नेकपा एमाले र विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल संयुक्त रुपमा चुनावी मैदानमा छन् ।

यी ४ पार्टीबीच भएका गठबन्धनका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना प्रवल भएको बताइएको छ ।

नेपाली काँग्रेसले कुनैपनि दलसँग गठबन्धन नगरी प्रमुख, उपप्रमुखलगायत महानगरको १९ वटै वडाका अध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएको छ । अन्य दलले पनि सोही अनुरुपमा वडामा उम्मेदवारी दर्ता गराएका हुन् ।

१ लाख १४ हजार मतदाता रहेको विराटनगरमा स्थानीय तहको निर्वाचनमा पार्टीगत आधार भन्दा स्थानीय समस्या, उम्मेदवारको आचरणले महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै जातीय, क्षेत्रीय र भाषिकलगायतका विषयले पनि महत्वपूर्ण प्रभाव पार्ने यहाँका विश्लेषको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिए राजीनामा, निर्वाचन अनिश्चित

Bipul pokharel fnj

काठमाडौं । समयमै निर्वाचन गर्न असफल बनेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलल...