मतगणना गर्दा राजनीतिक दलका प्रतिनिधिलाई मतपत्र छुन नदिइने

Capture(50)

मुसीकोट, । स्थानीय तहको पहिलो चरणको मतगणनाका क्रममा केही स्थानमा राजनैतिक दलहरुबीच विवाद भएपछि निर्वाचन आयोगले आगामी दोस्रो चरणको निर्वाचनको मतगणनामा राजनैतिक दलका प्रतिनिधिहरुले मतपत्र छुन नपाउने व्यवस्था गरेको छ ।

गणकहरुले टाढैबाट देखाएर सदर–बदरको टुंगो लगाईने निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले बताए ।

निर्वाचन अनुगमन भ्रमणका क्रममा बिहिबार दिउसो रुकुम सदरमुकाम खलंगा पुगेका आयुक्त पौडेलले जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरुसंग भेटघाट एवं छलफल गर्दै कुनै पनि राजनैतिक दल अथवा दलको प्रतिनिधि र अन्य जो कोहीले पनि निर्वाचन आचारसंहिता उल्लघन गरेमा त्यो कानुनतः अपराध ठहर्ने बताए ।

कोहि पनि त्यस्तो अपराधमा संलग्न नहुन पनि उनले सचेत गराए । यसै क्रममा मध्यपश्मिाञ्चल क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईले पनि निर्वाचनलाई भयरहित, शान्तिपुर्ण र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन निर्वाचन क्षेत्रको सम्पूर्ण सुरक्षा व्यवस्था सुदृढ रहेको बताए ।

गुरागाईले भौगोलिक कठिनाई भएका क्षेत्रहरुमा मतदान पुर्व, मतदानताका र मतदान पश्चात आवश्यक पर्ने सुरक्षा लगाएत अन्य व्यवस्थापकीय कार्यका लागी आफुहरु तयार रहेको जानकारी गराए

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...