वैदेशिक रोजगारका समस्या समाधानमा प्रधानमन्त्रीको ध्यानाकर्षण

Deuba34

काठमाडौँ, । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्रतिनिधिमण्डलले भेटी वैदेशिक रोजगारका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ ।

प्रतिनिधिमण्डलले मलेसिया जाने कामदारमाथि विभिन्न एजेन्सीको नाममा भइरहेको आर्थिक शोषण, कतारमा देखिएको समस्यालगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको फोरमका सल्लाहकार प्रज्ञान न्यौपानेले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले आफू वैदेशिक रोजगारका समस्याबारे जानकार रहेको बताउँदै दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै सरोकारवाला मन्त्रालय र निकाय बोलाएर यस सम्बन्धी बृहत् छलफल गर्ने बताए ।

छलफलबाट आएको निष्कर्षका आधारमा वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारले आफ्नो भूमिका अगाडि बढाउने प्रधानमन्त्री देउवाले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...