निर्वाचनको व्यवस्थापकीय चुनौती

Nirbarhan logo

नेपालगन्ज, । दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेको ग्रामीण क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएको छ ।

असार १४ गते हुने निर्वाचनमा मतपत्रलाई पानीबाट जोगाउन, सुरक्षित तवरबाट मतपेटिका नेपालगन्जसम्म पु¥याउन र मतदान केन्द्रसम्मको बाटो सहज बनाउनेलगायतका व्यवस्थापकीय चुनौती थपिएको हो ।

विशेषतः बाँके जिल्लाका राप्ती नदीपारीका ग्रामीण क्षेत्रमा पुग्न पक्की सडक छैन, वर्षात्का समयमा नदीमा पानीको बहाव अधिक हुने भएकाले सवारी साधनलाई आउजाँउ गर्न कठिन हुन्छ ।

बाँके जिल्लामा आजदेखि मनसुने झरी पनि सुरु भएको छ । निर्वाचन आउन अभैm एक साता बाँकी भएकाले निर्वाचनका दिन ठूलो झरी नपरे हुन्थ्यो भन्ने कामना यहाँका राजनीतिक दल, उम्मेदवार र मतदाताले गरेका छन् ।

अर्कोतर्पmजिल्ला निर्वाचन कार्यालयले उम्मेदवारलाई हिजो निर्वाचन चिन्ह प्रदान गरेपछि चुनावी प्रचार प्रसारले यहाँ अझ तीव्रता पाएको छ ।

कुल २ लाख ४६ हजार ७८ मतदाताले यो निर्वाचनमा आप्mनो मताधिकार प्रयोग गर्न पाउने छन् । कुल मतदातामध्ये महिला १ लाख २५ हजार ९ सय ३३, पुरुष १ लाख २० हजार ८४ र तेस्रो लिङ्गिी एकजना रहेको जनाइएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख वसन्तराज अधिकारीका अनुसार, जिल्लामा १३६ मतदान स्थलका लागि २९५ मतदान केन्द्रको व्यवस्था गरिएको छ । रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...