सबै दललाई निर्वाचनमा लैजानको लागि तीन तहमा चुनाव गर्नुपरेको हो ः गृहमन्त्री जनार्दन शर्मा

Ghihamantri

धनगढी, । निर्वाचनमा सबैलाई समेट्न सरकारले तीन चरणमा निर्वाचन गर्ने निर्णय गर्नुपरेको गृहमन्त्री जनार्दन शर्माले बताए । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह, सङ्घ र प्रदेशको निर्वाचनपछि संविधान पूर्णरुपमा कार्यान्वयन भई देश विकास र समृद्धिको बाटामा जाने बताए ।

स्थानीय निर्वाचनको सुरक्षा व्यवस्थालाई लक्ष्य गरी मगलबार सुरु भएको ७ नं प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शर्माले संविधानको कार्यान्वयनपछि विकासको प्रतिस्पर्धाको अभ्यास र भ्रष्टाचार विरोधी काम सुरु हुने बताए ।

गृहमन्त्री शर्माले संविधानबमोजिम अब प्रशासनिक निकायको पुनःसंरचनाको आवश्यकता रहेको बताउँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई नयाँ संरचनामा लैजानुपर्ने औँल्याए ।

कार्यक्रममा कैलालीका प्रजिअ, गृह मन्त्रालयका सचिव र सुरक्षा शाखाका प्रमुखलगायतले समेतबोलेका थिए । गोष्ठीमा मन्त्रालयका उच्च अधिकारीका साथै ७ नं प्रदेशका सबै नौ जिल्लाका सुरक्षा निकायका प्रमुख सहभागी छन् ।

प्रतिकृया दिनुहोस