धनकुटामा उत्साहपूर्वक मनोनयन दर्ता सम्पन्न

Dh

धनकुटा । २० वर्ष पछि हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । धनकुटा दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आइतबार धनकुटमा उत्साहपूर्वक मनोनयन दर्ता सम्पन्न भएको छ ।

जिल्लाका सात स्थानीय तहमा राजनीतिक दलका उम्मेद्वारहरुले बाजागाजा सहित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका थिए ।
धनकुटा सदरमुकामको मदन चोक देखि मुख्य निर्वाचन कार्यालय रहेको सामुदायिक भवनसम्म विभिन्न राजनीतिक दलहरुको जुलुस नै लागेको थियो ।

त्यस्तै जिल्लाका अन्य स्थानीय तह पाख्रीवास नगरपालिका, महालक्ष्मी नगरपालिका, साँगुरी गढी गाउँपालिका, चौविसे गाउँपालिका, छथरजोरपाटी गाउँपालिका, खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको निर्वाचन कार्यालयमा पनि उत्साहपूर्वक उम्मेद्वारहरुले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सबैभन्दा पहिला उम्मेदवारको मनोनयन दर्ता गराएको थियो । पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री एंव सांसद सुनिलवहादुर थापाको नेतृत्वमा नेता कार्यकर्ताको जुलुस सहित राप्रपा मनोनयन दर्ताको लागि सामुदायिक भवन पुगेको थियो । त्यसपछि नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीका उम्मेद्वारहरु नारा जुलुस सहित मनोनयन दर्ताका लागि सामुदायिक भवन पुगेका थिए ।

प्रतिकृया दिनुहोस