पूर्वराज्यमन्त्री सहित २ दर्जन नेता कार्यकर्ता पक्राउ

Janapkur

जनकपुरधाम । निर्वाचन आयोगले आइतबार लागि तय गरेको मनोनयन दर्ताको विरोधमा बन्द आह्वान गरेका राजपाका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका छन् ।

आफूहरुको माग सम्बोधन नभई प्रदेश नम्बर १,५ र ७ मा दोस्रो चरणको स्थानीय तहको चुनाव गर्न लागिएको भन्दै आक्रोशित राजपाका कार्यकर्ताले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा पुर्व सुचना तथा सञ्चार राज्य मन्त्री सरिता साह, राजपा धनुषा संयोजक प्रमेश्वर साह सहित दुई दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको जनकपुरधामबाट रातोपाटीकर्मी अमरेन्द्र कुमार यादवले जनाएका छन् । धरपकडका क्रममा दुई जना विभा ठाकुर र सरिता शर्मा बेहोस समेत हुन पुगेका छन् भने उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...