चिनियाँ राजदूत यु होङ र मा.केका अध्यक्ष ‘प्रचण्ड’ बिच भेटवार्ता

काठमाडौँ, । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यु होङको भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध आयाम र समसामयिक परिस्थिति बारे छलफल भएको छ ।

आफ्नो निवास लाजिम्पाटमा आइतबार भएकोे शिष्टाचार भेटमा अध्यक्ष दाहालले आफू प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै २ छिमेकी बीचको सम्बन्धलाई हार्दिक र सन्तुलित बनाउन लागिपरेको र राजीनामा दिने बेलासम्म आफ्नो योजना सफल भएको बताए ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगतै चीन र भारतमा विशेष दूत पठाएर सम्बन्धमा थप सुदृढीकरण गरिएको बताउँदै अध्यक्ष दाहालले आफ्नो दशमहिने प्रधानमन्त्रित्वकाल नेपाली राजनीतिमा स्मरणयोग्य रहने विश्वास व्यक्त गरे ।

भेटमा चिनियाँ राजदूतले अध्यक्ष दाहालको प्रधानमन्त्रित्वकालमा नेपाल र चीन बीचको सम्बन्ध थप बलियो बनेकामा खुसी व्यक्त गरे ।

उनले प्रचण्डको प्रधानमन्त्रित्वकाल अत्यन्तै सफल र वैदेशिक मामिलामा सन्तुलित भएको बताउँदै तथा वैदेशिक सम्बन्ध र आर्थिक विकासका क्षेत्रमा नेपालले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...