बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ता हुदैँ

राजपाको बिरोध

Election  5

काठमाडौँ । निर्वाचन आयोगले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ । दोस्रो चरणमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।

यसै बिच निर्वाचनका लागि दर्ता सुरु भए लगतै राजपाले बिरोध गरेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आइतबार उम्मेदवारी दर्ता सुरु भएको हो ।सम्बन्धीत स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउन सकिने छ ।

१, ५ र ७ नम्बर प्रदेशमा असार १४ गते चुनाव हुनेछ । १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा दोस्रो चरणमा असार १४ गते चुनाव हुन लागेको हो ।

प्रदेश नम्बर २ मा भने असोज २ गते चुनाव गराउने निर्वाचन आयोगले निर्णय गरेको छ । प्रदेश नम्बर ३, ४ र ६ मा भने गत बैशाख ३१ गते चुनाव भएको थियो । र, भरतपुर महानगरपालिका बाहेकका सबै स्थानीय तहको परिणाम पनि सार्बजनिक भइसकेको छ ।


प्रदेश नम्बर १, ५ र ७ मा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् । यी मतदाताले निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चुन्नेछन् । चुनाव गराउनका लागि ३६४ मतदान केन्द्र तोकिएका छन् ।

सुरक्षाकर्मी बाहेक ६६ हजार ९ सय कर्मचारी चुनाव गराउन खटाइएको निर्वाचन आयोगले जनाएको छ । यस्तै चिर्वाचनको विरोधमा उत्रिएको राजपा नेपालले उम्मेदवारी दर्तामा अवरोध पुर्याउने जनाएको छ ।

तराईका विभिन्न जिल्लामा आन्दोलन गरिरहेको राजपाले निर्वाचन हुन नदिने चेतावनी दिइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...