सीके राउतसँग सहकार्य गर्दै राजपा

Ck raut and mahanth

काठमाडौँ । सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।

यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसमा सहकार्यको सम्भावना खोजिएको पुष्टि दुवै पक्षले गरेका छन् ।

स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोले भने, ‘संयोजक राउतसँग ठाकुर मात्र होइन, नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष एवं उप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतसँग पनि सहकार्यको प्रस्ताव राख्दै धेरैपटक औपचारिक लिखित प्रस्तावसमेत पठाएका छौं ।

चुनावक्रममा मधेसवादी दलबीच अलगाववादी नेता राउतलाई भेट्ने र चुनावमा पकड मजबुत गराउने प्रतिस्पर्धा नै रहेको सम्बद्ध स्रोतले बताएको छ ।

स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक महतोले बताए। ‘हामीले राजपासँग तपाईंहरू मधेसको मुद्दामा क्लियर भएर आउनुहोस्, हामी एक भएर अघि बढौं भन्ने प्रस्ताव गरेका छौं ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...