प्रदेश नं–२ को चुनाव सार्ने निर्णय मधेसलाई

Morcha

जनकपुरधाम, । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले प्रदेश नं– २ मा स्थानीय तहको निर्वाचन असोजमा गराउने सरकारको निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप लगाए ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने निर्वाचनका बारेमा सरकारसँग राष्ट्रिय जनता पार्टीको कुनै सहमति भएको छैन् ।

नेता यादबले आफूहरू निर्वाचनको विरोधी शक्ति नभए पनि मधेसको माग सम्बोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने बताउँदै सभ्यता, पहिचानको सङ्घर्षलाई सङ्ख्याको आधारमा मापन गर्न नहुने धारणा व्यक्त गरे ।

सत्ता पक्षले सङ्घर्षलाई सङ्ख्याका आधारमा मापन गरी मधेसको मुद्दालाई पटक पटक कमजोर र ओझेलमा पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले आन्दोलनलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन पार्टीको आजको बैठकबाट निर्णय गरिने जानकारी पनि दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...