‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन भाग लिदैँ ‘राष्ट्रपति भण्डारी  

Rastpati

जेनेभा, । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा भाग लिन बिहिबार जेनेभा पुगेकी छन् ।

उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा जेनेभास्थित संयुक्त राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय सङ्गठनका लागि स्वीट्जरल्यान्डका स्थायी प्रतिनिधि आमादो पेरेज तथा जेनेभा क्यान्टोनका नायब शिष्टाचार महपालले स्वागत गरे ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका सहायक महानिर्देशक तथा एसिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक तोमोको निसिमोतो, सङ्गठनका महानिर्देशकका कार्यालयका वरिष्ठ सल्लाहकार सेन्जी ली र सङ्गठनका वरिष्ठ शिष्टाचार अधिकृतहरूले पनि स्वागत गरे ।

स्वीट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल तथा राजदूतावासका वरिष्ठ अधिकृतहरूले पनि स्वागत गरे ।

राष्ट्रपति भण्डारी बिहिबार बिहान संयुक्त अरब इमिरेट्सको अबुधाबीबाट जेनेभा पुगेकी हुन् । राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीयसचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी रहेका छन् ।

प्रतिकृया दिनुहोस