निर्वाचनविरोधी गतिविधि बढेपछि सप्तरीमा सुरक्षा व्यवस्था कडाइ

Security 1

राजविराज । निर्वाचनविरोधी गतिविधि बढेपछि सप्तरीमा सुरक्षा व्यवस्था कडाइ गरीएका छ । तराईका विभन्न जिल्लामा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुको निर्वाच विरोधी गतिविधि बढ्न थालेपछि नेपाली सेनाले आफ्नो उपस्थिति बढाउन थालेको छ ।

सप्तरी सदरमुकाम राजविराजमा राजपाले बुधबार सहायक मतदान अधिकृतहरुको तालिम बिथोलेपछि सो स्थानमा नेपाली सेनाको टोली पुगेको छ । स्थानीय प्रशासनले सेना परिचालनबारे औपचारिक रुपमा केही बताएको छैन ।

राजविराजमा खटिएका सेनाले स्थानीय सञ्चारकर्मीहरुलाई फोटो खिच्न रोक लगाएको छ । राजपा कार्यकर्ताहरुले निर्वाचन तालिमका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा रहेको तालिम स्थल जाँदै गरेको सहायक मतदान अधिकृतहरुलाई जबर्जस्ती नियन्त्रणमा लिँदै घेराहाली क्याम्पसको मुलगेटमा आफूसँगै धर्नाका बसाएका थिए ।

सो क्रममा नेपाल र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिका बीच झण्डै ५० को संख्यामा नेपाली सेनाको टोली पुगेको थियो । नेपाली सेनाको फोटो खिच्ने क्रममा सेनाले फोटो नखिच्न उर्दी गरेका थिए ।

फोटो खिच्दै गरेका पत्रकारहरुलाई डयुटीमा आएका सेनाले भने,‘हाम्रो फोटो खिच्न पाइन्न ।’सञ्चारकर्मीहरुले सार्वजनिकस्थलमा सुरक्षाकर्मीको फोटो लिन पाउनु आफूहरुको पेसागत कार्य भएकोले फोटो खिच्न रोक लगाउनु प्रेस स्वतन्त्रताविपरीत हुने फोटो खिच्न नपाउने सेनाको कुराको प्रतिवाद गरेका थिए ।

१० मिनेटसम्म नेपाली सेनाको उक्त टोली निर्वाचन तालिम स्थल महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको उत्तरी भागमा रहेर फर्केको थियो ।

पछिल्लो केही दिनयता राजपाको आन्दोलनका क्रममा नेपाली सेनाको उपस्थिति देखिँदै आएको छ । आन्दोलनस्थलमा सेना रहँदा फोटो खिच्ने क्रममा पटकपटक सेनाले रोक लगाउँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस