विवाद टुंग्याउँदै बाँकेमा कांग्रसले लगायो उम्मेदवारको टुंगो

Congress flag

नेपालगञ्ज । स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिँकिदै गर्दा नेपाली कांग्रेसले सबै तहमा उम्मेदवारको फाइनल गरेको छ । लामो समयको विवादपछि नेपाली कांग्रेस बाँकेले जिल्लाका सबै तहमा आफ्ना उम्मेदवार तय गरेको हो ।

नेपाली कांग्रेसले जिल्लामा उम्मेदवार बन्न चाहने आकांक्षी धेरै भएपछि समयमै उम्मेदवारको टुंगो लगाउन सकेकोे थिए । अहिलेसम्म नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले उम्मेदवार विना नै चुनावी प्रचारप्रसार गरिरहेका थिए ।

जसअनुसार नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा डा. सुरेशकुमार कनोडिया र उपमेयरमा उमा थापामगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कोहलपुर नगरपालिकाको मेयरमा भानुभक्त भट्टराई र उपमेयरमासञ्जु चौधरीलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेस जिल्ला सभापति किरण कोइरालाका अनुसार खजुरा गाउँपालिकाको अध्यक्षमा नक्की खाँ र उपाध्यक्षमा दीपा आले, वैजनाथ गाउँपालिकाको अध्यक्षमा देवबहादुर खत्री र उपाध्यक्षमा भावना चौधरी, राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा लाहुराम थारू र उपाध्यक्षमा धनीकुमारी खत्री उम्मेदवार बनाएको छ ।

कांग्रेसले जानकी गाउँपालिकाको अध्यक्षमा छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव र नरैनापुर गाउँपालिकाको अध्यक्षमा रामचन्द्र मौर्य र उपप्रमुखमा अतिकुन्नी साह उम्मेदवार बनाएको छ ।

प्रतिकृया दिनुहोस