प्रधानमन्त्री देउवा र राजपा नेताहरुबीच भेट

दोस्रोचरणको निर्वाचन र संविधान संशोधनको विषयमा छलफल

Mntri parisd ko karyaly

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय जनता पार्टी नेपाल राजपा का नेताहरुबीच भेटवार्ता सुरु भएको छ ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचन र संविधान संसोधन लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

छलफलका लागि प्रधानमन्त्री देउवाको निमन्त्रणामा राजपा नेताहरु सिंहदरबार पुगेका छन् । संविधान संसोधन नभएमा चुनावमा भाग नलिएर आन्दोलनमा जाने चेतावनी दिएका राजपा नेताहरुलाई वार्ताको लागि प्रधानमन्त्रीले बोलाएका हुन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार संसदमा संबोधन गर्दै दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्न सकिने बताएका थिए । त्यसलगत्तै राजपा नेताहरुले चुनावमा भाग नलिएर आन्दोलनमा जाने चेतावनी दिएका थिए। शनिबार प्रधानमन्त्री देउवा र राजपा नेताहरु बीच कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुन थालेको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...