एकै परिवारको दुई छोरा अध्यक्षका उम्मेदवार भोट कस्लाई दिने चिन्ता

बैतडी, । बैतडीको डिलाशैनी गाउँपालिकामा एकै परिवार बाट दुवै छोरा अध्यक्षमा उम्मेदवार उठेपछि घर को परिवारलाई भोट कस्लाई दिएर जिताउने भन्ने चिन्तामा छन् । भने उता करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि तुल्याएको छ ।

आफैँले जन्म दिएका दुई छोरा अलगअलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेपछि जञ्जाली रानालाई भोट दिन समस्या भएको हो । जञ्जाली रानाका जेठो छोरा कर्णबहादुर राना नेपाली काँग्रेसबाट डिलाशैनी गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार बनेका छन् । कान्छा छोरा लोकेन्द्र राना शीतल नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् ।

जञ्जालीलाई दुवै छोरा उम्मेदवार बनेकामा खुसी एकातिर छ भने भोट कसलाई दिने भन्ने चिन्ता अर्कातिर आइपरेको छ ।
दुवै छोरा उम्मेदवार बनेपनि गाउँ घुम्न नपाएकामा आफू दुःखी भएको जञ्जालीले बताइन् । “म पञ्चायत कालमा राजनीति गर्ने मान्छे हुँ तर दुवै छोरा उम्मेदवार भएपछि गाउँमै जान सकिएको छैन, ।

काँग्रेसबाट डिलाशैनी गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार बनेका जेठो छोरा कर्णबहादुर रानाले भने “भाइ माओवादी केन्द्रबाट लडेका छन् ।

यता माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बनेका कान्छा छोरा लोकेन्द्र राना शीतल बुबाले आफूलाई मत दिने दाबी गरेका छन् । “दाइलाई हराएर गाउँपालिका अध्यक्ष हुन्छु भन्नेमा म ढुक्क छु, डिलाशैनीबाट म भारी मतका साथ विजयी हुन्छु,” उनले भने ।

डिलाशैनीका स्थानीय बासिन्दालाई समेत एकै घरका सहोदर दाजुभाइ उम्मेदवार बनेपछि कसलाई भोट दिने भनेर अन्योलमा परेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...