नयाँ दिल्लीमा देउवा स्वागतको तयारी

असार १४ पछि मात्रै देउवालाई भारत भ्रमण गराउने योजना

Modi deuwa

नयाँ दिल्ली । प्रधानमन्त्री देशबहादुर देउवाले दोस्रो चरणको निर्वाचन सकिएलगत्तै भारत भ्रमण गर्ने भएका छन् । त्यसका लागि भारतले तयारी थालिसकेको दिल्ली पुगेका पत्रकार ऋषी धमलाले जनाएका छन् ।

स्रोतले भन्यो, ‘नेपालमा हुन गैरहेको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै त्यसको एक महिनाभित्रै नेपालको प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइहेको छ ।

पहिलेदेखि नै नेपालमा नयाँ प्रधानमन्त्री चयन भएपछि पहिलो भ्रमण भारत नै होस भन्ने भारतको चाहना हुन्छ । पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा चीनको भ्रमणमा गएका थिए । तर, त्यसबेला भारतले आपत्ति जनाएपछि चीन भ्रमणलाई अनौपचारिक भनिएको थियो । त्यसपछि प्रचण्ड भारतको औपचारिक भ्रमणमा गएका थिए ।

अहिले पनि देउवाको पहिलो भारत भ्रमणको तयारीमा भारत लागेको स्रोतले बताएको छ ।

भारतीय सत्तारुढ दल भाजपाका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार भगतसिंह कोशीयारीले कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएकोमा आफ्नो पार्टी भाजपा र खासगरी भारतीय जनता निकै खुशी भएको बताए ।

‘देउवाजी प्रधानमन्त्री बन्नुभएकोमा हामी खुशी छौं ।’ उनले भने, ‘देउवाको कार्यकालमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अझै मजबुद भएको र आगामी दिनमा अझै यो सम्बन्ध आर्थिक–समृद्धिको लागि थप मजबुद हुने विश्वास छ ।’

भरत निर्वाचनको पक्षमा : कोशीयारी
कोशीयारी भारत नेपालमा हुन गइरहेको चुनावको पक्षमा रहेको बताएका छन् । उनले भने, ‘हामी त चुनाव समयमै सम्पन्न होस् भन्ने पक्षमा छौं, अब तिनै तहको निर्वाचन समयमै सम्पन्न होस् भन्ने हाम्रो विशेष चाहना छ, यसको लागि हामी जस्तोसुकै सहयोग गर्न पनि तयार छौं ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहना पनि नेपालमा स्थायीत्व, शान्ति र समृद्धि भएको जनाए । उनले भने, ‘हाम्रो प्रधानमन्त्रीले पनि खासमा यही चाहानु भएको छ ।’ उनका अनुसार प्रधानमन्त्री मोदीले पनि नेपालमा तीन तहकै निर्वाचन समयमै सम्पन्न भएर संविधान कार्यान्वयनको बाटोमा अघि बढेको हेर्न चाहेको जनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...