मधेशी मोर्चा फकाउदै प्रधानमन्त्री

Deuba

काठमाडौं । २३ गते भारी मतले प्रधानमन्त्रीमा विजयी भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मधेशी मोर्चालाई निर्वाचनमा आउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री बनेपछि संसदले बधाई दिने कार्यक्रममा प्रधानमन्त्री देउवाले मोर्चालाई निर्वाचनमा भाग लिन आग्रह गरेका हुन् ।


मधेशी मोर्चाले संविधान संशोधन नभएसम्म निर्वाचनमा जान गाह्रो हुने संकेत गरिरहेका बेला प्रधानमन्त्रीले समय छोटो भएकले निर्वाचनपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताए ।

प्रधानमनी देउवाले निर्वाचनपछि संविधान संशोधनको प्रक्रिया अघि बढाउँदा मोर्चा र प्रतिपक्ष दुवैले समर्थन गर्ने भएकाले पनि मोर्चाले निर्वाचनबाट टाढा भाग्न नहुने बताए ।

‘संविधानको स्वीकार्यता बढाएर मधेश वादी दलहरु चुनावमा भाग लिन्छन्’ देउवाले भने, ‘दोस्रो चरणको निर्वाचन अगाडि संशोधन सम्भव छैन ।’ अहिले संशोधनका काम थाल्दा निर्वाचन प्रक्रियामा बाधा पुग्ने देउवाको भनाई थियो ।

प्रतिकृया दिनुहोस