निर्वाचनको मुखमा कन्चनपुर कांग्रेसलाई धक्का

तेस्रो बरियताको माओवादी प्रवेशको लहर बढ्न थाल्यो

Nc

काठमाडौं । स्थानीय तहको अन्तर्गतको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा पार्टी त्यागेर अन्य पार्टीमा प्रवेश गर्ने लहर नै चल्ने गर्छ । यो पटक पनि त्यस्तै भइरहेको छ ।

पहिलो चरणमा लजास्पद हार वेहोर्दै तेस्रो बरियतामा रहेको माओवादी केन्द्रले भने धमाधम अन्य पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गराइरहेको छ । शुक्रबार मात्रै पनि नेपाली कांग्रेस कञ्चनपुर बेलौरी नगरपालिकाका पार्टी सभापति रामलाल राना र सचिव बिक्रम चन्द माओवादी केन्द्रमा प्रवेश गराएको छ ।

कांग्रेस सभापति राना महाकाली उच्च माविको सञ्चालक समितिको चौंथो कार्यकालको अध्यक्ष, बेलौरी नगरको पूर्व सभापति र थुप्रै राजनीतिक एवं सामाजिक संगठनहरुको नेतृत्वमा थिए ।

बिहीबार बेलुका पार्टी अध्यक्ष पुष्पकमल दाहालले उनीहरुलाई पार्टी प्रवेश गराएसँगै नेपाली कांग्रेस कन्चनपुरलाई निर्वाचनकै संघारमा आएर समस्या परेको छ ।

उनीहरुलाई पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘मेरो विश्वास छ, तपाईहरुको पार्टी प्रवेशले कञ्चनपुर र ७ नम्वर प्रदेशमा माओवादी केन्द्रको विजयलाई अझैं सुनिश्चित गराएको छ । परिवर्तनका मुद्धाहरुका लागि संघर्ष गर्ने र कार्यान्वयन गर्ने पार्टी हुनुको नाताले पार्टीले तपाईहरुको भावना र योगदानको कदर गर्नेछ ।’

बुधबार मात्रै बहुजन शक्ति पार्टीका धेरै केन्द्रिय नेताहरुलाई माओवादी केन्द्र प्रवेश गराएको थियो । सो पार्टीका वरिष्ठ उपाध्यक्ष राधेश्याम पासवान, उपाध्यक्ष गोविन्द नेपाली, महासचिव मेखराज परियार केन्द्रीय सदस्य दिनेश परियार, गणेश पासवान, दुर्गा पासवानलगायत पार्टी नेताहरुलाई बुधबार मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...