कांग्रेसभित्र पौडेल र सिटौलाको लफडा

देउवालाई चेपुवामा पारेर मालदार मन्त्रालय ताक्दै नेता

Deuwa paudel sitaula

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता सम्हालेको दुई दिन पनि वितेको छैन । तर, उनलाई असफल बनाउन स्वयम् उनकै दलका नेताहरु लाग्न थालेका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच २० मन्त्रालयमा सहमति बनेको छ । जसअनुसार कांग्रेसले ११ मन्त्रालय पाउँदैछ । तर, त्यही भित्रका दुई वटा खेमाले देउवालाई चेपुवामा पारेका छन् ।

देउवा पक्षधर नेताहरुले कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेललाई मिलाएर लैजाने प्रयास स्वरुप चरणबद्ध छलफल गरिरकेका छन् । तर, पौडेल र सिटौलाले सम्मान जनक स्थान खोजिरहेका छन् ।

रामचन्द्र पौडेलले त सफथ ग्रहण नै बहिष्कारको तयारीमा थिए । तर, देउवाले मिलेर जाने भनेर फकाएपछि बल्लबल्ल पौडेल सफथमा सहभागी बनेका थिए । तर, त्यसपछि उनले अहिलेसम्म मन्त्रीको नाम दिन मानेका छैनन् ।

खासगरी पौडेलले आफ्नो भागमा मन्त्रालयको टुंगो लागे मत्र नाम दिने पक्षमा छन् । उनले पनि मालदार मन्त्रालय पाए मात्र आफ्ना मान्छे पठाउने तयारीमा छन् । यता सिटौलाले पनि सधैंझै लफडा गरिरहेको चर्चा चलेको छ । उनले दुई मन्त्रालय माग्दै आएका छन् ।

कांग्रेस स्रोतका अनुसार पौडेल र सिटौलाले अहिले देउवालाई चेपुवामा पारेर फाइदा लिन खोजिरहेका छन् । विगतमा पनि सिटौला र पौडेलले यसरी नै देउवालाई चेपुवामा पार्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...