देउवाले वुधबार १.४५ बजेको साइतमा सफथ लिने

पहिलो चरणमा ११ सदस्य मन्त्रीमण्डल बनाउने देउवाको तयारी

Sher bahadur deuba

काठमाडौं । मंगलबारको संसद बैठकमा ३ सय ८८ मत ल्याएर प्रधानमन्त्री निर्वाचित भएका शेरबहादुर देउवाले बुधबार सफथ लिने भएका छन् ।

उनले वुधबार १.४५ बजेको साइतमा राष्ट्रपति भवन शीतल निवासमा सपथ लिने कार्यक्रम रहेको छ।

उनले सोही साइतमा केहीलाई मनत्री मण्डलमा समावेश गराउने तयारी गरेका छन् । उनले कांग्रेसबाट पहिलो चरणमा नेता ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ र महेश आचार्यलाई मात्रै मन्त्री बनाउने देउवाको तयारी छ।

त्यसैगरी पहिलो चरणमा माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरालाई उपप्रधानमन्त्री सहतिको मन्त्रालय दिएर सफथ गराइनेछ ।

त्यसैगरी पहिलो चरणमै नेपाल लोकतान्त्रिक फोरमबाट विजयकुमार गच्छदारले पहिलो चरणमा सपथ लिने भएका छन् ।

माओवादीबाटै गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, रेखा शर्मालाई पनि पहिलो चरणमा मन्त्री बनाइने तयारी छ ।
पहिलो चरणमा प्रधानमन्त्री देउवाले ११ सदस्य मन्त्री मण्डल बनाउन चाहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...