एमालेका कार्यकर्ताले गरे पार्टी कार्यालय आगजनी र तोडफोड

Kursi dadhaudai gareko photot 1keil8mn9g

उदयपुर । उदयपुरको चौदण्डी नगरपालिकामा नेकपा एमालेको पार्टी कार्यालयमा उम्मेदवारको विषयलाई लिएर तोडफोड गरेका छन् ।

पार्टी अध्यक्ष खड्प्रसाद ओलीको गुट समूहले उदयपुरको चौदण्डी नगरपालिकाको पार्टी कार्यालय तोडफोड गरेको हो। हाल चौदण्डीगढी प्रमुख उम्मेदवार नरेन्द्र राउत वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुन् ।

नगर कमिटीले सिफारिस गरेको भन्दा फरक व्यक्तिलाई प्रदेश कमिटीले प्रमुखको उमेदवार बनाएको भन्दै आक्रोशित ओली समूहका कार्याकर्ताले मंगलबार नगर कमिटीको पार्टी कार्यालय तोडफोड गर्नुका साथै पार्टी कार्यालयमा कालो झण्डा राखेको एमाले चौदण्डीले जानकारी दिएको हो।

तालाबन्दीपछि ओली समूहका कार्यकर्ताहरुले बेल्टार बजारमा प्रदर्शन गरे । इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीको नेतृत्वमा प्रहरी टोली भीड नियन्त्रयमा लिएको थियो। इन्सपेक्टर चौधरीले पार्टी भित्रको आन्तरिक विवादका विषयलाई लिएर कालोझण्डा राख्ने र तालाबन्दी लगाउने काम रोकेको बताए ।

सिफारिसभन्दा बाहेकका उम्मेदवार मान्दैनौं, स्थानीय नेतालाई टिकट देऊ लगायतका माग ओली समूहका कार्यकर्ताले राखेका छन्। पार्टीको केन्द्रीय सर्कुलरबमोजिम नगर कमिटीले कुमारसिंह कार्की, राजेन्द्र कटुवाल, शम्भु पौडेल र कालु लामालाई उम्मेदवारको लागि सिफारिस गरेको थियो।

कार्यकर्ताको तीव्र विरोधका बाबजुद उनीहरुले प्रदेशको उक्त निर्णय नमान्ने र सामाजिक व्यक्तित्व पूर्वक्षेत्रीय कमिटी अध्यक्ष एवं बुद्धीजीवि परिषद् उदयपुरका अध्यक्ष कुमारसिंह कार्कीलाई सर्वसहमत उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला कमिटी सचिवालय सदस्य तथा प्रमुखका आकांक्षी कालु लामाले बताए।

‘हामीले नाम पनि नसुनेको व्यक्तिलाई प्रमुखको टिकट दिइएको छ,’ लामाले भने, ‘निर्णय नसच्याएसम्म हामी मान्नेवाला छैनौं।’ उदयपुरमा ओलीसमूहको वर्चश्व भए पनि नेपाल समूहका नेताहरुले पाखा लगाएको देखिन्छ। बेलका त्रियुगा र चौदण्डी नगरपालिकामा ओली समूह हुनुपर्ने अन्यमा नेपाल समूहलाई टिकट दिनुपर्ने ओली समूहको भागभण्डा थियो। एमालेका वैकल्पिक पोलिटव्युरो सदस्य जगनाथ खतिवडलाई आर्थिक चलखेलको आधारमा पैसा बाँडेको भन्ने आरोपसमेत लागेको छ।

प्रतिकृया दिनुहोस