राजपा र समाजवादी फोरमले देउवालाई मत दिने

Morcha  sahamati

काठमाडौं । मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी नेपालले प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ ।

राजपाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने २४ सांसद छन् ।

संविधान संशोधनलगायत तीनबुँदे सहमति भएसँगै राजपाले प्रधानमन्त्रीको निर्वाचनमा देउवालाई समर्थन गर्न सहमत भएको हो ।

मोर्चासँगको तनि बुँदे सहमतिपत्रमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, र राजपाका अध्यक्षमण्डलका नेता महेन्द्र राय यादव, शरत्सिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेका छन् ।

सो सहमति पत्रमा अघिल्लो सरकार गठनका बेला भएको तीनबुँदे सहमति कार्यान्वयनको प्रतिबद्धता, सङ्घीय आयोग गठन, संविधान संशोधन, मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, घाइतेलाई उपचार र पीडितलाई क्षतिपूर्तिका बाँकी काम पूरा गर्नाका साथै स्थानीय तहको संख्या राजनीतिक सहमतिका आधारमा वृद्धि गर्ने उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...