रोल्पामा माओवादीलाई झड्का

चेलाविरूद्ध चुनावी मैदानमा उत्रिए गुरू

Kulananda giri

रोल्पा । माओवादीको उद्गम स्थल हो रोल्पा । जसलाई अहिलेसम्म माओवादीहरूले जनयुद्धको उर्भरभूमी मान्दै आएका छन् । तर, त्यही ठाउँमा माओवादीभित्र भुँईचालो जान थालेको छ ।

१० वर्षे माओवादीको ‘सशस्त्र विद्रोह’ को मुख्य उद्गम स्थल रोल्पा–रूकुमलाई उसले मुख्य आधार क्षेत्र मान्दै आएको छ । यतिसम्म कि नेत्रविक्रम चन्द, मोहन वैद्य लगायतले पनि आधार किल्ला मान्दै आएका छन् ।

सबैले आधार क्षेत्र मान्ने यो क्षेत्रमा दुईपटक भएको संविधानसभा निर्वाचनमा आफ्नो पक्षमा मत तान्न सफल पनि भएको थियो । तर स्थानीय तहको निर्वाचनमा कार्यकर्ताको व्यवस्थापन गर्न नसक्दा माओवादीभित्र रडाको नै मच्चिएको छ ।

दोस्रो चरणको निर्वाचनमा माओवादी केन्द्रको ‘आधार क्षेत्र’ मा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध केन्द्रीय सदस्य कुलानन्द गिरी त्रिवेणी गाउँपालिका अध्यक्षका प्रत्यासी बनेका छन् । उनले बागी उम्मेदवार बनेपछि पार्टी हेडक्वार्टर नै हल्लिएको छ ।

चेला मन्त्री गुरू बागी
तिरी माओवादीमा लागेका १४ वर्ष भइसक्यो । उनी माओवादी शीर्ष नेताका गुरू हुन भन्दा कसैले नपत्याउलान । तर, का हालका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराका सहपाठी गिरी शिक्षक हुँदा उपराष्ट्रपति नन्दबहादुर पुन, वर्षमान पुन, नेत्रविक्रम चन्द विप्लव लगायतका गुरूसमेत हुन् ।

माओवादी केन्द्रले सो गाउँपालिकाको अध्यक्षमा गंगाराम घर्तीमगर ‘सूर्य’ लाई उम्मेदवार बनाउन निर्णय गरेको थियो । पूर्वलडाकुसमेत रहेका घर्तीमगर पनि गिरीका चेला हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...