प्रधानमन्त्री निर्वाचन आज

Sansad vawan

काठमाडौं । नेकपा एमालेले संसद अवरुद्ध नगर्ने भएपछि आज प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ।

विहान ११ बजे नयाँ वानेश्वरस्थित संसद भवनमा हुने प्रधानमन्त्रीको निर्वाचनका बेला ३ ठूला दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आज संसद खुलेपछि प्रधानमन्त्रीका लागि निर्वाचन हुनेछ । त्यसका लागि सभामुख ओनसरी घर्तीले राष्ट्रपतिको पत्र पढेर सुनाउने छिन ।

भरतपुर महानगरपालिकाको मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिए पनि उसले प्रधानमन्त्रीका एक्ला उम्मेदवार शेरबहादुर देउवाको विपक्षमा मतदान गर्ने बताएको छ ।

एमालेले प्रधानमन्त्रीका लागि उपाध्यक्ष बामदेव गौतमलाई उम्म्ेदवार बनाउने भने पनि निर्वाचन आयोगले भरतपुर महानगरपालिका १९ मा पुन मतदान गर्ने निर्णय गरेपछि एमाले रुष्ट बनेर प्रधानमन्त्रीका लागि उम्मेदवारी नै दिएको थिएन ।

आज हुने प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३ सय ९१ भन्दा बढी मत प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...