खुल्ने भो भोलीको संसद्

अब भने देउवा प्रधानमन्त्री पक्का

Dal baithak

काठमाडौं । भरतपुर महानगरपालिकाको पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टी जनाउँदै आएको नेकपा एमालेले मंगलबारको संसद अवरुद्ध नपार्ने भएको छ ।

एमालेले मंगलबार हुने प्रधानमनत्रीको निर्वाचनका लागि निःशर्त संसद खोल्न लागेको हो ।

एमालेले संसद अवरुद्ध नगर्ने भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सहज हुने भएको छ ।

संसदको अवरोध हटाउने विषयमा सोमबार अपरान्ह सभामुख ओनसरी घर्तीको पहलमा ३ दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । सो बैठकमा एमाले नेताहरु संसद सुचारु गरी प्रधानमन्त्री चयन प्रक्रियालाई सहज बनाउन राजी भएका थिए ।

सो बैठकमा शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल, रामचन्द्र पौडेल, सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठलगायत सहभागी भएका थिए ।

यस्तो बन्यो सहमति
धेरैलाई लागेको थियो कि मंगलबार पनि संसद बैठक बस्दैन र शेरबहादुर देउवा मंगलबार नै प्रधानमनत्री बन्न पाउने छैनन् भन्ने । तर, त्यो आँकलन विपरित सोमबार एमालेले संसद खोल्न राजी भएसँगै देउवा प्रधानमन्त्री बन्ने छन् । त्यसका लागि २ दलबीच नयाँ सहमति पनि बनेको छ ।

३ दलवीच भएको सहमति अनुसार मंगलबार संसद बैठक सुचारु हुनेछ । बैठक प्रारम्भ भएपछि ३ दलका शीर्ष नेताहरुले व्यवस्थापिका संसदलाई सम्वोधन गर्नेछन् ।

नेताहरुको सम्वोधनसँगै सभामुख ओनसरी घर्तीले पहिलो चरणको बैठकमा राष्ट्रपति कार्यालयको पत्र लगायतका विषयहरुबारे सदनलाई जानकारी गराउने छिन् । त्यसपछि शीर्ष नेताहरुको सम्वोधनपछि अर्को चरणको बैठक बस्नेछ । र, प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु हुनेछ ।

प्रधानमन्त्रीका लागि संसद सचिवालयमा शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेका कारण एक जनाका लागि मात्रै भोटिङ हुनेछ । १ जनाको मात्रै मात्रै उम्मदेवारी परे पनि भोटिङमा जानैपर्ने संवैधानिक एवं कानूनी प्रावधान छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...