प्रचण्डले सिंहदरवार छोड्ने बेला भने, अब स्वागतको पनि तयारी गर्नुहोला

Prachanda karmachari

काठमाडौं । सोमबार सिंहदरवार छोडेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि आफु प्रधानमन्त्रीका रुपमा सिंहदरवार छिर्ने बताएका छन् ।
आलोपालो प्रणालीमा लागेका कांग्रेस–माओवादी गठबन्धन लामो समयसम्म जारी रहने पनि संकेत गरे ।

१० महिनाअघि प्रधानमनत्री बनेका दाहालले कांग्रेससँग भएको सहमति अनुसार गत साता राजीनामा दिएका थिए । उनको राजीनामापछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन् ।

आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी गरेका दाहालले अहिले नेपाली कांग्रेसलाई देउवापछि पनि आफैं प्रधानमन्त्रीको रुपमा सिंहदरबार भित्रिने संकेत गरे ।

सिंहदरवारमा आयोजित कार्यक्रममा प्रधानमनत्री दाहालले भने, ‘तपाईंहरुले आज विदाई गर्दै हुनुहुन्छ । विदामात्रै गर्ने होइन, अब स्वागतको पनि तयारी गर्नुहोला ।’

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले कर्मचारीले गरेको विदाईमा स्वागतका लागि पनि तयार रहन कर्मचारीहरुलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस