परिवार दलले सरकारलाई समर्थन नगर्ने

Eknath dhakal

काठमाडौं । साना दलमध्येको नेपाल परिवार दलले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारलाई समर्थन नगर्ने भएको छ ।

दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा सोमबार बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले बन्ने सरकारमा सहभानी नबन्ने र प्रतिपक्षमै बसेर राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा रहेन निर्णय गरेको छ ।

व्यवस्थापिका संसदमा २ सिट रहेको नेपाल परिवार दलले यसअघिका सरकारलाई भने समर्थन जनाउँदै आएको थियो । सरकारलाई समर्थन गरेकै कारण सो दलका अध्यक्ष एकनाथ ढकाल दुईपटक मन्त्रीसमेत बनेका थिए ।

पुरानो वानेश्वरस्थित पार्टी कार्यालयमा बसेको बैठकले राष्ट्रियताको सबालमा अत्यन्त कमजोर धरातल भएकाले कांग्रेस–माओवादी गठबन्धनलाई समर्थन गर्न नसक्ने निष्कर्ष निकालेको हो ।

सो दलले गुण र दोषको आधारमा सरकारको समर्थन वा बिरोध गर्ने नीति लिने निर्णय पनि गरेको छ । सो दलले निर्वाचनका समयमा सरकार परिवर्तन गर्ने खेल अशोभनीय भएको ठहरसमेत गरेको छ ।

संविधान कार्यन्वयन, असन्तुष्ट दलको माग सम्बोधन, राष्ट्र विकास र पुनर्निर्माणमा सबै दलबीच समझदारी आवश्यक रहेको दलका अध्यक्ष एकनाथ ढकालले बताए । उनले परिवार दलले सबै राजनीतिक दलहरुलाई आ–आफनो अडान छोडेर सहमतिमा आउन आग्रह पनि गरे ।

प्रतिकृया दिनुहोस