अदृश्य शक्तिको प्रभावमा निर्वाचन आयोग : पाण्डे

Som pandey

भक्तपुर । भरतपुर महानगरपालिकामा निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेपछि त्यसलाई नेकपा एमालेले अदृष्य शक्तिको चलखेल रहेको आरोप लगाएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले भरतपुर महानगरपालिकामा मत पत्र च्यातिएपछि पुनः मतगणना गर्नुपर्नेमा अदृष्य शक्तिको चलखेलले गर्दा मतदानको पक्षमा लागेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा पाण्डेले भने, ‘आयोग कसैको दवावमा परेका कारण मतगणना गर्न डरायो ।’ उनले कसैको प्रभावमा निर्णय गर्नु कमजोर मानसिकताको उपज भएको आरोप लगाए ।

उनले मतगणना भैरहेको भरतपुर महानगरपालिकामा निर्वाचन हार्ने निश्चित भएपछि माओवादी केन्द्र निकट वाईसिएलका कार्यकर्ताले मतपत्र च्यातेको आरोप लगाए । उनले भरतपुरमा मतगणना शुरु नभएसम्म देशले नयाँ सरकार र नयाँ प्रधानमन्त्री पाउन नसक्ने बताए ।

एमालेले गरेको संसद अबरुद्ध र नयाँ प्रधानमन्त्रीको चयन प्रक्रियामा कुनै समस्या नभएको दावी गरे । तर, एमालेले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि आइतवार हुनुपर्ने प्रधानमन्त्रीको निर्वाचन मंगलबारसम्म सरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...