चुनाव सर्दा देउवालाई फाइदा

Sher bahadur

काठमाडौं । आज हुने भनिएको प्रधानमन्त्रीको निर्वाचन सरेसँगै वर्तमान गठबनधन झनै बलियो बन्दै गएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालले भरतपुर महानगरपालिकामा पुनः मतगणनाको माग राख्दै संसद अवरुद्ध पार्ने योजना बनाएपछि मंगलबारसम्म संसद स्थगित भएको छ । योसँगै गठबन्धनको शक्ति चुलिँदै गएको छ ।

वर्तमान गठबनधनलाई केही समयअघि सरकारबाट बाहिरएको राप्रपा र संघीय समाजवादी फोरमले औपचारिक रुपमा समर्थन गर्ने निर्णय गरेपछि गठबन्धन बलियो बनेको छ ।

तर एमालेले तत्काल संसद खुलाउने अवस्था देखिएको छैन । संसद नखुल्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न समय लाग्न सक्ने देखिएको छ । देउवा प्रधानमन्त्रीका एक्ला उम्मेदवार हुन् ।

प्रतिकृया दिनुहोस