भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णय

आयोगको निर्णय अस्वीकार्य : एमाले

Nirwachan aayog

काठमाडौं । लामो विवादपछि अन्ततः भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान हुने भएको छ ।

मतगणना स्थल अनाधिकृत रुपमा कब्जा भएको पुष्टि भएको भन्दै आयोगले मतदान केन्द्रको सम्पूर्ण मत अवैध घोषित गर्दै मतदान रद्द गर्दै पुनः मतदान गर्ने निर्णय गरेको हो ।

१९ नम्बर वडाको मतगणना भइरहेका बेला मतपत्र च्यातिएपछि मतगणना कि मतदान भन्ने विषयमा अन्योलता छाएको थियो । सो विषयमा मुख्य निर्वाचन अधिकृतले मतपत्र च्यातिएको र मतगणना स्थल रणभूमितुल्य भएको प्रतिवेदन पठाएपछि आयोग पुनः मतगणना गर्ने निर्णयमा पुनेको आयोगले जनाएको छ ।

आयोगको निर्णयमा ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरू अवैध घोषित गरी मतदान रद्द गर्ने’ भनिएको छ ।

ऐनको दफा ५० को उपदफा (५) बमोजिम मतदान रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिइएको छ ।

यता प्रमुख विपक्षी दल नेकपा एमालेले भरतपुरमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोध जनाएको छ । एमालेले आयोगको निर्णयलाई अस्वीकार गर्दै प्रतिवाद गर्ने निर्णय गरेको छ ।

भरतपुर महानगरपालिकामा मतगणना जारी राख्नुपर्ने माग राख्दै आएको एमाललेले अब निरन्तर संसद अवरोध जारी राख्ने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...