देउवालाई सांसदको साथ, ओलीलाई घातैघात

Prachanda deuwa

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि आज नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारी दर्ता हुँदैछ ।

आज प्रधानमन्त्रीका लागि वर्तमान सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेबाट उपाध्यक्ष बामदेव गौतमको मात्रै उम्मेदवारी पर्ने चर्चा छ । अहिलेसम्म देउवा र गौतमबाहेक अरु आकांक्षी देखिएका छैनन् ।

तर, प्रधानमन्त्रीमा उम्मेदवारी दिन लागेका कांग्रेस सभापति देउवाको पक्षमा स्पष्ट बहुमत जुट्ने देखिएको छ । वर्तमान गठबन्धनले नै देउवालाई समर्थन गर्ने भएकाले पनि आगामी प्रधानमन्त्रीमा देउवा चिर्वाचित हुने पक्कापक्की छ ।

अहिलेको सरकारलाई माओवादी केन्द्र, नेपाली कांग्रेससहितका दलबाट ३ सय ११ सांसदको समर्थन छ । बहुमतीय सरकार गठन गर्न २ सय ९७ सांसद आवश्यक छ । अहिलेकै गठबन्धनमा ३ सय ११ मत रहेकाले देउवालाई प्रधानमन्त्री बन्न थप मतको आवश्यकता पर्दैन ।

प्रधानमन्त्री चयन गर्न व्यवस्थापिका संसद्का सदस्यहरूको बहुमत आवश्यक पर्छ । हाल संसदमा ५ सय ९३ सांसद छन् ।

वर्तमान गठबन्धनमा कांग्रेससँग २ सय ७, माओवादी केन्द्रसँग ८२, फोरम लोकतान्त्रिकसँग १७, नेकपा संयुक्तसँग ३, अखण्ड नेपालसँग १ र समाजवादी जनता पार्टीसँग १ सांसद छन् ।

देउवाले राप्रपालाई पनि सरकारमा सहभागी गराउन प्रयास थालेका छन् । राप्रपाका ३७ सांसद छन् । यदी राप्रपाले पनि कांग्रेसलाई समर्थन गरेका खण्डमा अत्याधिक बहुमतले देउवा प्रधानमन्त्री बन्ने छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले केवल पार्टीगत अस्तित्व जोगाउन मात्रै उम्मेदवारी दिनुपर्ने छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार आइतबार व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको निर्वाचन हुने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...