चार दिनदेखि आमरण अनशनमा बसेका तिलक अस्पताल भर्ना  

डडेल्धुरा, । नेपाली काँग्रेसले डडेल्धुराका गन्यापधुरा गाउँपालिकाका हमाल चार दिनदेखि आमरण अनशनमा बसेका हुन् । न्यायोचित रुपमा स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्नुपर्ने माग राख्दै आमरण अनशनमा बसेका तिलक हमाल अस्पताल भर्ना भएका छन् ।

पुराना र योग्य र जनमत भएका व्यक्तिलाई टिकट दिइनुपर्ने माग राख्दै मङ्गलबार बिहान १० बजेदेखि आमरण अनशनमा बसेका हमाललाई स्वास्थ्य अवस्था कमजोर भएपछि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पु¥याइएको काँग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टले जानकारी गराए । शुक्रबार बिहानदेखि बोल्न पनि नसक्ने अवस्थामा पुगेपछि हमाललाई अस्पताल लगिएको हो ।

कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान डडेल्धुरामा रहेको काँग्रेसको पार्टी कार्यालयको मुख्य ढोकामा नै हमाल आमरण अनशनमा बसेका हुन् । अनशनकारी हमालले शुक्रबार बेलुका नै आमरण अनशन छाड्ने जानकारीसमेत गराएका छन् । नेतृत्वबाट माग पूरा हुने जनाएपछि उनले अनशन तोड्ने भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...