वामदेवलाई बलीको बोको बनाउने तयारी

एमालेले खोज्यो देउवाको विकल्प

Bamdev gautam

काठमाडौं । आइतवार हुने प्रधानमन्त्रीको निर्वाचनमा नेकपा एमालेले उपाध्यक्ष बामदेव गौतमलाई उम्मेदवार बनाउने भएको छ ।राष्ट्रपतिले दिएको समयभित्र राजनीतिक दलहरुले सहमतीय सरकार बनाउन नसकेपछि बहुमतीय आधारमा आइतवार प्रधानमन्त्रीको निर्वाचन हुँदैछ । त्यसका लागि शनिवार उम्मेदवारी दर्ता हुने छ ।

हालसम्म प्रधानमन्त्रीका आकांक्षीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देखिएका छन् । अन्य पार्टीबाट उम्मेदवार बनाउने टुंगो भने लागिसकेको छैन ।

प्रमुख प्रतिपक्ष दल एमालेले भने कांग्रेसभित्रबाट पनि देउवाको विकल्प खोजेको छ । तर, कांग्रेसका एक मात्र उम्मेदवार देउवा हुन् । एमालेले कांग्रेस–माओवादी केन्द्र बीचको गठबन्धनबाट कांग्रेस सभापति देउवाबाहेक अरु जो आए पनि प्रधानमन्त्री निर्वाचनमा उसलाई समर्थन गर्ने पक्षमा देखिएको छ ।

सो गठबन्धनले देउवाको विकल्प नखोजे एमालेले देउवाविरुद्ध बामदेव गौतमलाई प्रधानमनत्रीको उमेदवार बनाउने तयारीमा जुटेको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा एमालेका नेता शंकर पोखरेलले भने, ‘राम्रो तर्फबाट वामदेवजीको बलियो सम्भावना छ, हामी उहाँलाई नै प्रधानमन्त्रीमा उठाउँछौं ।’

माओवादीको एउटा खेमा र भारत पनि देउवाको विकल्पको खोजीमा छ ।

हुन त एमालेले आफुले जित हात पार्न सजिलो नदेखेपछि बामदेवलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्न लागेको छ । हरेकपटकको निर्वाचनमा आफ्नो पार्टीको हार सुनिश्चित भएपछि मात्रै दोस्रो स्तरका नेतालाई उम्मेदवार बनाउने गरेका छ । यसलाई हेर्दा पनि योपटक बामदेव गौतमलाई एमालले बलीको बोको बनाउन लागेको चर्चा चलन थालेको छ ।

अहिले नेपाली राजनीति वृत्तमा प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि भोली शनिवार प्रधानमन्त्रीका लागि उम्मेदवार दर्ता हुँदैछ आइतवार निर्वाचन हुँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘कामीको छोरी’ रुपा सुनारले किन पाइनन् काठमाडौंमा डेरा ?

Rupa sunar nishannews

काठमाडौँ । मिति : असार १ गते मंगलबार । समय : दिउँसो २ बजे । स्थान : बबरमहल, काठमाडौं । इमेज ट...