कार्यव्यवस्था परामर्श बैठक सकियो

प्रमुख दलका शीर्ष नेतासगको छलफल तीन बजे

Baithak

काठामाडौं, । व्यबस्थापिका संसदको कार्यव्यबस्था परामर्श समितिको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको समितिको बैठकमा सभाुखले परामर्श लिएकी हुन् ।

संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि शुक्रबार सभामुख ओनसारी घर्तीले प्रमुख दलका शीर्ष नेतासाग छलफल गरेरमात्रै प्रधानमन्त्रीको निर्वाचन प्रकृयाबारे टुङगो लगाउने भएकी छन् ।

त्यसका लागि सभामुख घर्तीले शुक्रबार तीन बजे शीर्ष तहमा छलफल गर्ने तयारी गरेको सभामुख घर्तीका प्रेस संयोजक बबिन शर्माले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद बैठक चल्न नसकेपछि प्रधानमन्त्री चयनमा अन्यौल भएपछि निर्वाचन कार्यतालिका तय गर्न समेत अप्ठयारो भएको छ ।

एमालेले भरतपुर महानगरमा मत पत्र च्यातिएको विषयलाई लिएर सदन अवरुद्ध गर्दै आएको छ । उसले मतगणना सुचारु नभएसम्म संसद अवरुद्ध जारी राख्ने जनाएको छ ।

यसैवीच सभामुख घर्तीले शनिबार उम्मेदवारी मनोनयनदेखि अन्तिम नामावली प्रकाशनसम्मको प्रक्रिया पूरा गर्ने र २१ गते निर्वाचन गर्ने गरी प्रस्ताव लैजाने तयारी गरेको संसद सचिवालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...