निर्वाचन आयोग किन डराएको ?

कमरेडको घरमा झगडा हुँदा संसद अवरोध गर्न बेर छैन

Min bk

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मीन विश्वकर्माले भरतपुरमा पुन निर्वाचन गर्नुपर्ने बताएका छन् ।

विश्वकर्माले निर्वाचन ऐन, निर्देशिका र आचारसंहिताले मतपत्र च्यातिए पुनः निर्वाचन गर्ने प्रष्ट रुपमा व्यवस्था गरेकोले पुनः मतदान गर्नुपर्ने बताए ।

उनले मतदान अधिकृत किन आत्तिएको भन्दै प्रश्न समेत गरे । उनले भने, ‘मतदान अधिकृत किन आत्तिनुभएको हो ? उहाँले आत्तिएर समिति बनाउनुभयो, एमालेले संसद अवरुद्ध ग¥यो भनेर डराउनुभएको होला ।’

उनले विहीबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा मतदान अधिकृतले निर्णय तुरुन्त पुनः मतदान गर्नुपर्ने बताए । उनले भने, ‘मतदान अधिकृतले नयाँ मिति, स्थान र समय तोक्न सक्ने व्यवस्था छ ।’

भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयलाई लिएर एमालेले संसद अवरुद्ध गर्नु गलत भएको टिप्पणी गरेका छन् ।
नेपाल दलित संघका अध्यक्ष समेत रहेका विश्वकर्माले भने, ‘एमालेका साथीहरु खासगरी वुद्धिजीवी साथीहरुले फेसबुकमा र ट्वीटरमा लेखिहाल्नुहुन्छ, म भन्छु देश अहिले लहडमा चलेको छ, देश भावनामा चल्दैछ ।’

उनले एमालेले भरतपुर घट्नालाई लिएर संसद अवरुद्ध गरेको घटनालाई विगतमा जे हुँदा पनि चक्काजाम गर्ने चलन दोहो¥याउन खोजेको आरोप लगाए । उनले भने, ‘कुन बेला एमालेले कमरेडको घरमा झगडा भयो भनेर संसद अवरोध गर्न बेर छैन ?

प्रतिकृया दिनुहोस