एमालेको अवरोधका कारण संसद् चलेन

Samsad baithak

काठमाडौँ, । व्यवस्थापिका–संसद्को बैठक बिहिबार  पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।

भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले दोस्रो दिन सदन अवरोध गरेको हो । बैठक आरम्भ हुनासाथ एमालेका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

विरोध जनाइरहेका सांसदहरुलाई बस्न आग्रह गर्दा नमानेपछि सभामुख ओनसरी घर्तीले विपक्षीले अवरोध गरेको अवस्थामा संसद्को कार्यबाही अघि बढ्न नसक्ने जनाएर बैठक यही जेठ २१ गते आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएकोछ ।

बैठकमा बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्नेसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने र आगामी आर्थिक वर्षको सरकारको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो ।

प्रतिकृया दिनुहोस