२२ स्थानमा कहिले होला निर्वाचन ?

आयोगले ४६१ स्थानीय तहमा मात्रै चुनाव गर्न सक्ने

Election commission

काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पनि दोस्रो तहको निर्वाचन अन्योलमा परेको छ ।

खासगरी सरकारले पछिल्लो समयमा तराईमा २२ स्थानीय तहको संख्या थपेपछि दोस्रो तहको निर्वाचन हुदँैन कि भन्ने आशंका पैदा गरेको छ ।

सरकारले हालै मात्र तराई मधेका १२ जिल्लामा २२ स्थानीय तह थप गर्नुका साथै दुई उमहानगरपालिका वीरगञ्ज र बिराटनगरलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले थपिएका २२ स्थानीय तहमा तत्काल निर्वाचन गर्न असम्भव रहेको जनाएको छ । योसँगै थपिएका २२ स्थानीय तहमा निर्वाचन कहिले होला भन्ने अन्योलता थपिएको छ ।

आयोगले ४६१ स्थानीय तहमा चुनाव गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

परिर्वतन भएका गाउँपालिका तथा नगरपालिकाको वडा संख्या लगायतका विस्तृत विवरण अझैसम्म नपाएको भन्दै आयोगले यो प्राप्त भएपछि त्यस अनुसार मतदाता नामावली र स्थानीय तहको केन्द्रमा पुर्‍याउन सम्भव नभएको बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...